Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Tuesday, 22 April 2008
रु. १००।- को महसुल तिर्न रु. १००० खर्चेर जिल्ला सदरमुकाम बेनीबजार आउन बाध्य    
बाबियाचौर-म्याग्दी, १० वैशाख । द्वन्द्वका समयमा विस्थापित बनेका म्याग्दी जिल्लाका घुम्ती विद्युत महसुल काउन्टर शान्ति स्थापना भएको झन्डै दुई वर्षबितिसक्दा समेत सञ्चालनमा नआउदाँ करिब एकदर्जन गाविसका र्सवसाधारण रु. १००।- को महसुल तिर्न रु. एक हजार खर्चेर जिल्ला सदरमुकाम बेनीबजार आउन बाध्य छन् । म्याग्दीमा विद्युतीकरण गरिएका १७ गाविसमध्ये सदरमुकाम आसपासबाहेकका राम्चे, शीख, घारा, भुरुङ तातोपानी, दानालगायत गाविसका स उपभोक्ता सो समस्या भोग्न बाध्य भएका हुन् । ती गाविसका उपभोक्ताहरु विद्युत महसुल तिर्नका लागि एक दिनको पैदल हिँडेर सदरमुकाम आउनर्पर्छ । घुम्ती विद्युत महसुल काउन्टर सञ्चालनमा नआँउदा आफूहरु रु. १००।- को महसुल बुझाउनका लागि त्योभन्दा बढी रुपैया खर्च गरेर सदरमुकाम आउनुपरेको त्यस क्षेत्रका उपभोक्ताहरु बताउँछन् । विद्युत महसुल तिर्नका लागि एक रात सदरमुकाममा बिताउनुपर्ने र दुई दिनको कामसमेत माया मार्नुपर्ने बाध्यता रहेको बताइएको छ । यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण म्याग्दी शाखाका प्रमुख पुर्णबहादुर तुलाधरले सुरक्षास्थितिका कारण घुम्टी काउन्टरहरु सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो ।
POSTED BY: AT 05:06 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software