Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Tuesday, 22 April 2008
आजदेखि तीन दिन सम्म लोकतन्त्र दिवस मनाइदै    
२२ अप्रिल, ०८ । आजदेखि तीन दिनसम्म देशभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदै छ ।

राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध गरिएको आन्दोलन सफल भएको अवसर पारेर आजदेखि ३ दिनसम्म लोकतन्त्र दिवस मनाइने भएको हो । राजा ज्ञानेन्द्रविरुद्ध सात दल र भूमिगत सशस्त्र बिद्रोह गरिरहेको नेकपा माओवादीको संयुक्त आन्दोलन २०६३ साल बैशाख ११ गते सफल भएको थियो ।

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नेकपा माओवादी पनि शान्तिपूर्ण राजनीतिक बाटोमा सामेल भएको थियो । लोकतन्त्र दिवस भव्यताका साथ मनाउन सरकारले सबै सरकारी कार्यालय, शिक्षण संस्था र विदेशमा रहेका कूटनीतिक नियोगहरूमा विदा दिने निर्णयगरेको छ ।

आज विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र शिक्षण संस्थाहरूले पनि लोकतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछन् । लोकतन्त्र दिवसलाई भव्यताका साथ मनाउन आग्रह गर्दै सरकारले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा लोकतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।
POSTED BY: AT 05:01 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software