Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Tuesday, 22 April 2008
किन हारे कांग्रेस एमाले ?    

संविधान सभा सदस्य निर्वाचनमा सबैभन्दा ठुलो दलको रुपमा स्थापीत हुन पुगेको माओवादी सरकार निर्माणका लागि सबै पक्षको चित्त बुझाउन क्रियशिल भइरहेको बेलामा एमाले र कांग्रेस भने चुनावमा हारको कारणको समिक्षामा लागेका छन । बहुमतको दावी गर्दै बसेका दुबै ठुला दल साना दलमा खुम्चीएपछि जिल्ला समिति प्रतिवेदन लेखनमा व्यस्त बनेको छ भने जिल्लाका नेताहरु समक्षामा व्यस्त छन । हारको समिक्षाका लागि कांग्रेसले १२ गते केन्द्रिय समितिको बैठक डाकिसकेको छ भने एमालेको केन्द्रिय समितिको बैठक १५ गतेवाट शुरु हुंदैछ । यि दुबै दलको बैठक मुख्य रुपमा हारको कारण र सरकारमा सहभागिताको विषयमा केन्द्रित हुने देखिएको छ । किन हारे कांग्रेस एमाले सबैले आ-आफ्नो पारामा विष्लेशण गरिरहेका छन नै । ति समिक्षा र टिप्पणिहरु पढ्दा। सुन्दा र हेर्दा अहिलेसम्म यस्ता कारण देखिएका छन ।

नाराविहिनता

संविधान सभा लोकतान्त्रीक गणतन्त्र संघियता र राज्यको पुर्नसंरचनाको मुद्धा एक्लै माओवादीको पोल्टामा परिसकेको थियो । एमाले झिनो स्वरमा कम्युनिष्ट दल जन्मजात नै गणतन्त्र र संविधान सभाको पक्षमा हुने तर्क अगाडि सारेर बस्यो भने कांग्रेस निरिह पारामा संविधान सभाको मुद्धा २००७ सालमा कांग्रेसले उठाएको भन्दै बस्यॊ तर विचमा किन मुद्धा छोड्यो भन्ने सहज उत्तर दिन सकेन । त्यसको फाइदा माओवादीले उठायो । संविधान सभा जेका लागि हुन गइरहेको थियो ति सबै मुद्धामा उसको पकड बलियो बन्यो ।
एमाले फेरी सुर्य फेरीपनि एमाले जस्तो फितलो चुनावी नाराका साथ मतदाता समक्ष पुग्यो । कांग्रेसले त बहुलवादमा आधारीत संविधान निर्माणको लागि मत माग्यो । एमालेसंग किन फेरी एमाले भन्ने उत्तर थिएन भने कांग्रेसले बहुलवादमा आधारीत लोकतान्त्रीक गणतन्त्र र लोकतान्त्रीक गणतन्त्रविचको अन्तर के हो बुझाउन सकेन । माओवादीले यि दुबै दलका हिजोका नालायकीपनको फाइदा उठाउंदै आर्कशक नारा अगाडि सार्यो सबैलाइ हेरियो पटक पटक माओवादीलाइ हेरौ यस पटक । यसले मतदाताको मनोविज्ञानमा धेरै असर पार्यो ।

पुराना अनुहारको बाहुल्यता

जातिय क्षेत्रिय र राष्ट्रिय सबै मुद्धा केन्द्रित रहेको चुनावमा एमाले र कांग्रेसले संसदिय निर्वाचन समान कोटीमा राखेर उही थोत्रा अनुहारलाइ जनताका अगाडि पस्कीए । जनताका अगाडि नयांको विकल्पनै भएन । २०४८ मा त्यही अनुहार २०५१ मा त्यही अनी २०५६ मा पनि त्यही । मतदाता एमाले र कांग्रेसका उम्मेदवारले गर्ने भाषण समेत कण्ठ भइसकेको थियो । त्यसमा पनि भ्रष्टाचारले तीन कोष परवाटै गन्हाउने अनुहारहरु समेत लाजै नमानी मत माग्दै हिडे । त्यसैले उनीहरु नयांतिर लागे ।
जस्तो अपवाद बाहेक कांग्रेस र एमालेका नयां अनुहारहरुले त जितेका नै छन नी । अनी अर्को पक्ष भनेको जातिय चेतनाको बढ्दो माहौलको अनुमान नै गर्न नसकी तराइमा लगेर पहाडे उम्मेदवार उठाइदिए । अनी लिम्बु राइको क्षेत्रमा लगेर बाहुन क्षेत्रिय उम्मेदवार उठाए । यसमा माओवादी निक्कै सहज देखियो । पुराना अनुहार बढार्ने धुनमा मतदाताले झण्डै पुराना पार्टी नै बढारिदिए ।

प्रोपोगान्डाको अभाव


मत नदिए कांग्रेस एमालेले के गर्छन त्यसको कुनै अप्सन थिएन दुबै पार्टीसंग । तर माओवादीसंग त पुरै अप्सन थिए । भोट नपाए पुन विद्रोहमा फर्कने पराजीत भए निर्वाचनको परिणाम नस्विकार्ने शहरी विद्रोह गर्ने आदी इत्यादी भाषण चुनावताका सुनिएको नै हो । १० वर्ष सशस्त्र द्धन्द्धवाट दिक्क भइसकेका मतदाता पुन त्यही जोखिम उठाउन चाहेनन । कमसेकम माओवादीले जिते जंगल त र्फकदैन बबाल त हुन्न भन्दै त्यत्तैतिर मत दिए । अझ त्यसमा मत नदिए कार्वाही गर्ने धम्की त थियो नै । कहिले कसलाइ मत दिएको हो कम्प्युटरमा देखिन्छ भनेर मानसिक तनाव दिने त कहिले दुरविनवाट हेर्ने भन्ने जस्ता अफवाह पनि फैलियो नै । मतदाता एमाले र कांग्रेसका नाममा जोखिम उठाउन तयार भएनन र माओवादीको यो प्रोपोगान्डालाई चिर्नमा एमाले कांग्रेस दुबै चुके ।

चुस्त कार्यकर्ताको अभाव


प्रत्येक बुथमा माओवादीका कार्यकर्ता तैनाथ थिए जो परीआए ज्यान दिन तयार भएर बसेका थिए । प्रचार प्रसार घर दैलौ सबैमा उनीहरुको सकि्रयता अन्य दलको तुलनामा निक्कै तगडा थियो । एक घरमा माओवादी तीन पटकसम्म पुगे । पहिला सामान्य रुपमा मत माग्न । दोस्रो भोट दिन आग्रह गर्न र तेस्रो पटक नदिए कार्वाही गर्ने चेतावनी दिन । चुनावका दिनमा बुथमा उनीहरुको पकड समेत बलियो थियो भने एमाले र कांग्रेसका बुथ एजेण्टहरु समेत थिएनन । यसले समेत दुबै दल पछारिए ।

नयांको रहर

एमालेको सरकार कस्तो हुन्छ ९ महिना भोगिसकेका थिए कांग्रेसको सत्तावाट त दिक्क भइसकेका थिए जनता । त्यसैले मतदातामा नयांको रहर पलाएको थियो । त्यसमा पनि २०५६ मा मतदानमा सहभागि नभएका ४० लाख युवा मतदाता यसपाली मतदाता बनेका थिए । उनीहरुका अगाडि पार्टीमा माओवादी मात्रै रहेछ भन्ने प्रभाव थियो । कारण सडकमा बबाल पनि उसैले गर्ने संसदमा पनि उसैको बबाल । सरकारमा मन लागे जाने मन नलागे सडकमा उत्रिने । एमाले कांग्रेस निरिह पात्र समान बनेर बसे । युवाहरु पुराना इतिहास दोहोर्याउने झण्झटमा लागेनन । उनीहरुले न २००७ सालको इतिहास पल्टाए न २०४६ को परिर्वतनको वास्ता गरे । उनीहरुले भोगेको देखेको माओवादी थिए त्यसैले भोट ठोकिदिए । पुराना मतदातामा पनि उही वितृष्णा थियो । त्यसैलेको उनीहरुको हात पनि पुरानातिर भन्दा नयांतिरै तेर्सियो ।

राजा रहन्छ भन्ने चिन्ता

कांग्रेस र एमालेको बहुमत आए पुन राज रहन्छन भन्ने भ्रम फैलाउन माओवादी सफल भएको थियो । यि दुबै दल यो भ्रम चिर्न असफल भए । माओवादी निकट सन्चारमाध्ययम त कांग्रेस र एमालेका नेताको चरित्र हत्यामा खनिएको नै थियो । जनदिशाले दाम चढाउंदै गरेको माधव नेपालको फोटो सहित समाचार छापेर इतिहास कोट्याउने काम गर्यो । प्रचार प्रसार अत्यन्त चुस्त थियो माओवादीको । जसको अगाडि कांग्रेस एमालेको केही जोर चलेन ।

र अन्त्यमा

साम दाम दण्ड भेद सबैमा पछािड


माओवादी चुनाव जित्न जे जे चाहिने हो सबैमा अगाडि । हिजो एमाले कांग्रेसले अपनाएका पुराना टेक्नीक पनि अपनाए अनी आफ्नै नयां सुत्र पनि लागु गरे । एमाले कांग्रेस भए हेरेको हेर्यै ।

POSTED BY: AT 04:00 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software