Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Monday, 21 April 2008
ज्ञानेन्द्रलाइ ह्दयघात !    

सोमवार बेलुका एकाएक राजगद्धी खोसिने अन्तीम अवस्थामा पुगेका राजा ज्ञानेन्द्र शाहको ह्दयघात भएको चर्चा चल्यो । नारयणहिटीमा रहेको बेलामा उनलाइ ह्दयघात भएको र उपचारका लागि थापाथलीमा रहेको नर्भिक अस्पतालमा लगेको चर्चाले राम्रै बजार पायो । धेरैले एसएमएसवाट जिज्ञासा राखेपछि सम्बन्धीत क्षेत्रमा बुझ्ने प्रयासमा जोडतोडका साथ शुरु भयो । ज्ञानेन्द्र मुटुका रोगि हुन भन्ने यस अगाडि नै सार्वजनिक भइसकेको विषय हो । अहिले उनी अत्यन्त तनावमा छन । लिगलिगकोटमा दौडिएर शाह बंशले शुरु गरेको बंशगत बर्चश्व अहिलेसम्म कायम छ । अब राजतन्त्र जोगाउनका लागि उनलाइ दौडने अनुमति समेत छैन । यस्तो बेलामा उनको मुटुले काम नगर्नुपनि सामान्य नै हो । त्यसैले चर्चा आधारहिन हो भन्न सकिएन ।

राजदरवार संवाद सचिवालयमा यर्थाथ के हो भन्ने जिज्ञासाका साथ सम्पर्क गरे । उतावाट उत्तर आयो हैन केही भएको छैन । विश्वास गर्ने आधार भएन । किनभने हिजोका दिनमा धेरै घटनाहरु हुंदा सम्पर्क राख्दा पनि यस्तै उत्तर आएको थियो । तर घटना भएकै थियो । त्यसैले सम्बन्धीत क्षेत्रका ब्यक्तिहरुसंग सम्पर्क गर्ने प्रयास गरियो ।

नर्भिक अस्पतालमा सम्पर्क गरे । त्यहांवाट पनि उत्तर आयो हैन त्यस्तो भिाइपि गेष्ट कोही आएको छैन । पारसलाइ नर्भिकमा लैजादा त्यहां नजिकैको पसलेको फोन नम्बर बोकेर आएको थिए । उनलाइ फोन गरे । उनले पनि कुनै भिआइपि गेष्ट नआएको बताए ।

अब भएन । गंगालाल ह्दयरोग केन्द्रमा फोन गरे । त्यहांवाट पनि उत्तर त्यस्तै आयो । अब गर्ने के सहकर्मी एकजना साथि जो दरवारका कर्मचारीसंग निकट थिए उनलाइ अनुरोध गरे । उनले शाही चिकित्सकसंग फोन सम्पर्क गरे । उनको जवाफ पनि त्यही थियो । उनले यो सबै अफवाह हो भने । अन्तमा लामो प्रयासपछि पत्ता लाग्यो ज्ञानेन्द्रलाइ ह्दघात भएको फगत एक हल्ला मात्र रहेछ ।

POSTED BY: AT 11:19 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software