Monday, 21 April 2008
अज्ञात समूहद्वारा विस्फोट, ३ र्सवसाधारण सख्त घाइते
गौर, ९ वैशाख । रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवप्रयाग गुप्ताको पसललाई लक्षित गरी अज्ञात समूहद्वारा गए राति यहाँ गरिएको बम विस्फोटमा परी तीनजना र्सवसाधारण सख्त घाइते भएका छन् ।
राति करिब ७:४५ बजेको समयमा तीन-चारजनाको समूहबाट गराइएको सो विस्फोटमा परी घाइते हुनेहरूमा गौर नगरपालिका, वडा नं. ४ निवासी विनोद साह कानु, नारायण महतो र हरिमोहन अग्रवाल रहेका छन् ।
घाइतेहरूको जिल्ला स्वास्थ्य कार्यालय, रौतहटमा उपचार भइरहेको डा.रामशङ्कर ठाकुरले बताउनुभयो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
यसैबीच सो विस्फोटको जिम्मेवारी तर्राई कोब्राले लिएको छ । कोब्राका जिल्ला अध्यक्ष आदित्यले टेलिफोनमार्फत सो जिम्मेवारी लिएका हुन् । अध्यक्ष गुप्तासँग सो समूहले चन्दाको माग गरेको बुझिएको छ ।