Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Monday, 21 April 2008
पूर्वाञ्चलमा भोलिदेखि दिनको लोडसेडिङ हट्ने    
भद्रपुर, ९ वैशाख । लामो समयदेखि लोडसेडिङको मारमा परेका पूर्वाञ्चलवासीको लागि भोलिदेखि विद्युत आपूर्ति दिनभरि नियमित हुने भएको छ ।

भारतको बिहार राज्यको कटैया पावर हाउसबाट भोलिदेखि पच्चीस मेगावाट विद्युत आपूर्ति हुने सम्भावना रहेकाले भोलिदेखि सम्भवतः दिनको लोडसेडिङ हट्ने अनारमणि सव-स्टेसनका प्रमुख हरिबहादुर कोइरालाले बताउनुभयो ।

विद्युत आपूर्तिलाई सहज बनाउनका लागि कमजोर रहेको ठाउँमा डबल र्सर्किटको तार जडान गर्ने काम अन्तिम चरणमा रहेको र भोलिदेखि दिनको लोडसेडिङ हट्ने र रातको लोडसेडिङ यथावत रहने जानकारी उहाँले गराउनुभयो ।

लहानदेखि पूर्वको पूर्वाञ्चल क्षेत्रमा दिनको लोडसेडिङ हट्ने उहाँले बताउनुभयो । झापा जिल्लामा दैनिक सात घण्टा लोडसेडिङ हुने गरेको छ । जसका कारण गर्दा उद्योगधन्दालगायतका क्षेत्र प्रभावित रहेको छ ।
POSTED BY: AT 10:16 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software