२१ अप्रिल, ०८ । माओवादी अध्यक्ष प्रचण्डले आगामी सरकार पनि सबै दलको सहभागीतामा बन्ने बताउनु भएको छ । माओवादीले नेतृत्व गर्ने अधिकार मात्र पाएको बताउँदै प्रचण्डले सबै दलको सहमतिअनुसार नै अघि बढ्ने स्पष्ट पार्नु भयो ।
काठमाडौ उपत्यकाबाट विजयी उम्मेदवारहरुको सम्मानमा बाग्मती सभ्यता एकीकृत विकास समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सबै दल मिलेर नयाँ नेपाल बनाउने कुरा १२ बुँदे समझदारीदेखि नै भएकाले नयाँ संविधान बनाउने बेलामा पनि यसलाई पन्छाउन नमिल्ने बताउनु भयो ।
चुनावमा कम सीट आयो भन्दैमा आत्तिनु पर्दैन"- उहाँले भन्नुभयो- "माओवादी पनि बढी सीट ल्यायो भन्दैमा अहंकारी हुँदैन ।"संविधानसभा चुनावको नतिजाले यथास्थितिवादीमा तरङ्ग उत्पन्न गराएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा सेना समायोजन विषय प्रमुख चुनौतिको रुपमा रहने बताउनुभयो ।