कोरियामा रोजगारका लागि जान युवाहरु जत्तिसुकै धन खर्चगर्नपनि तम्सीने प्रबृतिका कारण एउटा उखान नै बनेको थियो खोरिया बेच्यो कोरिया गयो । तर, अब त्यो उखान परिर्वतन हुने भएको छ । खोरिया बेचेर लाखौं खर्च गर्नवाट मुक्त हुंदै नेपालीले ९ सय ७० डलर अर्थात करिव ६२ हजारमै कोरिया पुग्ने भएका छन । कोरियामा रोजगारका लागि कामदार पठाउने जिम्मा नेपाल सरकार आफैंले लिएपछि एकाएक यसरी भारी रकम घटेको हो । नत्र त यस अगाडि कोरियाका लागि चार लाख सम्म खर्च गर्दापनि पक्का हुन्थेन ।
रोजगार अनुमति प्रणालीअर्न्तर्गत कोरिया जान परीक्षामा उत्तीण भएका छ हजार ७७२ प्रशिक्षार्थीले पहिलो पटक यो सुविधाको उपयोग गर्दैछन । तर, यसका लागि सर्तहरु भने कडा रहेछन । अठारदेखि ३९ वर्षउमेरभित्रका प्रशिक्षार्थी यसभन्दा अगाडि कोरियामा अबैधरुपमा बसेको हुन नहुने, कोरियावाट निकालिएको हुन नहुने, नेपाल सरकारले विदेश जान प्रतिबन्ध लगाएको हुन नहुने र नेपालमा आपराधिक क्रियाकलापमा कसुरदार प्रमाणित भएको हुन नहुने सर्त रहेको श्रम मन्त्रालयले जनाएको छ ।
अब उनीहरुले नेपाल र कोरिया दुबैतिर कडा स्वास्थ्य परिक्षणको सामना गर्नुपर्नेछ । नेपालको स्वास्थ्य परिक्षणमा सफल भएपनि कोरियामा हुने स्वास्थ्य परिक्षणमा समेत सफल हुनुपर्ने । यदी नेपालमा सफल भएर कोरियामा असफल भएमा फिर्ता आउने र परिक्षार्थीले स्वास्थय परिक्षणवापत गरेको खर्च सम्बन्धीत स्वास्थ्य परिक्षणकर्ताले फिर्ता दिनुपर्ने सर्त अगाडि सारिएको छ ।
सबै प्रक्रिया पूरा गरेका आवेदकमध्येबाट अन्तिम छनोट भई भिसा प्राप्त भएपछि रोजगारको ग्यारेन्टी भने छैन रहेछ । आवेदनको सूची एकवर्षम्म मान्य हुने भएकाले कोरिया गएकाले एक वर्षभत्र रोजगारीमा लागिसक्नसपर्ने प्रावधान रहेको छ । युवा जनशक्ति बाहिरिनु सकारात्मक त हैन । तर, नेपालमा बेरोजगार भएर बराल्लीनुभन्दा त विदेशिनु ठिक । त्यसैले जो जो कारिया जांदैछन सबैलाइ बधाइ छ ।