Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Monday, 21 April 2008
आफ्नै सहकर्मीले खुट्टा तान्दा रोकिए महन्थ    

संविधान सभामा सहभागि हुनैपर्ने अर्का एक हस्ती महन्थ ठाकुर पराजीत भएको समाचारले सन्चारमाध्ययममा बढो स्थान पायो । आफ्नो राजनीतिक यात्राको लामोकाल नेपाली कांग्रेसका विताएपनि संविधान सभाको मुखमा आएर उनी एकाएक तराइ मधेस लोकतान्त्रीक पार्टीको अध्यक्ष बन्न पुगेका थिए । उनको मुद्धा थियो अधिकारसम्पन्न मधेस । तर, आखिरमा उनी आफ्नै सहयात्रि दल मधेसी जनधिकार फोरमका उम्मेदवारसंग पराजीत भए । यसले क्षेत्रिय राजनीतिमा फोरमको दादागिरिलाइ थप बढाएको छ भने संविधान सभाले ठाकुर जस्ता नेता गुमाएको छ । जनताको निर्णय हो स्विकार गर्नैपर्यो । त्यही तराइका जनताले बबन सिंहलाइ संविधान सभा सदस्यका लागि योग्य ठहर गर्यो । अनी डिस्कोथेगमा बन्दुक पड्कएर आतंक मच्याउंदे हिड्ने खोभारी रायलाइ पनि जनताले संविधान लेख्ने स्थानमा पुर्याए । राजाको पक्षमा वकालत गर्ने केवि गुरुगंलाइ इलामका जनताले गणतन्त्रको घोषणा गर्ने सभामा पत्याए । तर, अचम्म आफ्नो सिंगै जिवन राजनीतिमा विताएर पनि एउटा सानो कालो दाग समेत नबोकेका महन्थ ठाकुरलाए सर्लाहीका जनताले पत्याएनन ।

चुनाव निष्पक्ष भएन, धांधली भयो त्यसैले महन्थले हारे भनेर जनताको सम्मान गर्ने हो भने फेरी अर्को प्श्न उठिहाल्छ । आफ्नो मान्छेले जिते स्वच्छ हारे धांधली भन्ने भनेर । त्यसैले सर्लाही ६ मा जे चुनावी नतिजा आएको छ, त्यसको भागिदार त्यहीका मतदाता नै हुन ।

ठाकुर कांग्रेसमा रहंदा पनि गणतान्त्रीक नेताका रुपमा परिचित थिए । पार्टी गणतन्त्रको ग सम्म सुन्न नचाहने अवस्थामा पनि उनी हांकाहांकी आफुलाइ गणतन्त्रको पक्षमा उभ्याउने गर्थे । तर उनी प्रचारवाजीमा निस्कीएनन कांग्रेसमा म पनि गणतन्त्रवादी हुं भनेर । त्यसैले केही आझेलमा परे उनी ।

काठमाडौंको उनको बसाइ बढो विचित्रको थियो । अहिले त कहां बस्छन थाहा छैन, कांग्रेसका नेता हुंदा उनी कुनै कांग्रेसी नेताले भाडा नलिने र्सतमा दिएको कोठामा एक्लै बस्थे । उनको सन्तान कोही छैनन । कांग्रेसका कनिष्ठ नेता काठमाडौंमा ५ वटा घर जोड्न सफल हुंदा उनले आफ्नो लागि छाप्रो समेत बनाउन सकेनन । वा चाहेनन । निक्कै सादा जीवन र उच्च विचारका खानी हुन महन्थ ।

अन्तिमकालमा किन उनी एकाएक राष्टिय राजनीतिलाइ लात हानेर क्षेत्रिय राजनीतिमा गए त्यो अझै रहस्यमय नै छ । तर, त्यसमा पनि एक सकारात्मक पाटो भने छ । अराजनीतिक व्यक्तिको पकडमा रहेको तराइको राजनीति महन्थ जस्ता दिग्गजको हातमा आउने हो भने संयमित बन्न सक्थ्यो । सबैले त्यही नजरले हेरे र उनको समर्थन पनि गरे त्यो बेलामा ।

तर, उनले जुन स्थानमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने हो त्याहा पुग्न सकेनन उनी । उनका सहयात्रिले नै उनको खुट्टा ताने यो मामिलामा । यसप्रति बढो दुख लाग्यो मलाइ ।

तर,सर्लाही ६ का जनतालाइ अर्को मानेमा भने बधाइ छ है । रातारात नेताको रुपमा उदाएका शंकास्पद अमरेशकुमार सिंह पराजीत भएका छन । भारतका साउथब्लक हर्ेर्ने एसडिमुनीका खाटि्ट चेला सिंहको राजनीतिक छवी साच्चीकै शंकास्पद नै थियो । हराएर ठिक गरे जनताले । तर, महन्थको विषयमा विवेक पुगेन ।

POSTED BY: AT 10:07 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software