Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Monday, 21 April 2008
फसाद पार्ने भयो इन्धनले    

माओवादीको नेतृत्वमा गठन हुने सरकारको पहिलो काम इन्धनको मुल्यबृद्धीवाट हुदैंछ । चुनावका लागि हारगुहार गरेर इन्धनको मुल्यबृद्धी रॊकिएपनि अहिले आयल निगम तेल विहीन अवस्थामा पुगिसकेको छ । निगमले इन्धनको आपुर्ति सहज बनाउन मुत्यबृद्धीको विकल्प नभएको बताउंदै आएको शन्र्दभमा अब बन्ने सरकारका अगाडि मुल्यबृद्धीको अर्को बाटो देखिएको छैन ।
तेलको अभाव देखिन सुरु भइसकेको छ । पेट्रोल पम्प अगाडि सवारीसाधनका लामा लाइन अहिले नै देख्न सकिन्छ । निगमले एक साताका लागि मात्र स्कट इनधन रहेको सार्वजनिक गरिसकेको अवस्थामा अझै सो संकट समाधान गर्ने पहल कतैवाट हुन नसकेको अवस्थामा पुन इन्धनको राजनीति एक पटक तात्ने संकेत त आइसकेका छन ।

माघमा सरकारले डिजेल र मट्टीतेमा प्रति लिटर ५ र ९ रुपैंया र ग्यासमा एक सय ५० बढाएको थियो । भाउ बढेको विरोधमा मुलुक २ दिनसम्म ठप्प भएपनि सरकार पुन निर्णय फिर्ता लिन बाध्य भएको थियो । २०६४ सालमा ६ चोटी भाउ बढेको थियो । अब २०६५ को पहिलो महिना नै पुन मुल्य बढ्ने सम्भावना बढिरहेको छ ।

वर्तमान मूल्य अनुसार निगम प्रत्येक महिना एक अर्ब ३० करोड रुपैयाँ घाटामा गइरहेको निगमले दावी गर्दै आएको छ । अहिले निगमका सबै डिपोमा गरी २४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । जुन मौज्दातले एक साता मात्र धान्छ । भारतिय आयल निगमलाइ तिर्नुपर्ने रकम नतिरी उनीहरुले इनधन दिने कुरै भएन । यसले नयां सरकारका लागि सबैभन्दा घांडो इन्धनको सहज आपुर्ति बन्ने नै देखिएको छ ।

आयल निगम अहिले कुल १२ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । सरकार र विभिन्न बैंकहरुलाई १० अर्ब ७० करोड र इन्डियन आयल कर्पोरेशनलाई एक अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकीे छ ।
निगममा हुने भ्रष्टाचार रोकेर इन्धनमा भएको घाटा कम गर्नुपर्ने माओवादीको ऐजेण्डा रहंदै आएको छ ।
तर आन्तरिक सुधार गर्दापनि केवल एक रुपैंया मात्र कम गर्नसक्ने निगमको धारणा छ । यसले अब इन्धनको मुल्यबृद्धी नगरी नहुने अवस्थामा सरकार पुगिसकेको अवस्था रहेकोमा माओवादीले कुन जादु गरेर रोक्ने हो पत्तो छैन ।

यस अगाडि भएको मुल्यबृद्धी फिर्ताका लागि वाइसिएल सडकमा उत्रिएका थिए । अब माओवादीले तेलको भाउ बढाउंदा सडकमा उत्रिने पालो एमाले र कांग्रेस निकट युवाहरुको होला । जो प्रतिपक्षमा हुन्छ उ नै सरकारले गर्ने निर्णयको विरोधमा सडकमा उत्रिने राजनीतिक परम्परा कायम रहेकाले यो पाली पनि यही परम्पराले निरन्तरा नपाउला भन्न सकिने आधार छैन ।

POSTED BY: AT 09:55 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software