Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Tuesday, 15 April 2008
एमाले सरकारवाट गुन्टा कस्ने तयारीमा    

आजवाट एमाले सत्ताधारी दलवाट प्रतिपक्षमा जाने तयारीमा छ । संविधान सभा चुनावमा अकल्पनिय पराजय पाएपछि तिल्मीलाएको एमाले अहिले यसको रिस सरकारवाट बाहिरिएर पोख्ने तयारीमा लागेको छ । सरकारवाट बाहिरिने तयारी गर्दा उसले विर्सिरहेछ बृहत शान्ति सहमती लगायतका सहमति पत्र जसमा शान्ति प्रकृयालाई टुंगोमा नपुर्याएसम्म संयुक्त सहकार्य गर्ने उल्लेख छ । हारेर पनि सरकारमा बस्दा पदका लोभि भएको प्रतिकृया आउने भयका कारण एमाले अहिले हतारिएको झै देखिएको छ । विडम्बना नै यही हो । यो चुनाव सरकार ढाल्न र बनाउनका लागि हैन भन्ने सबैलाइ थाहा छ । यो त संविधान सभा लेख्नका लागि हो । त्यसैले नयां संविधान नलेखिएसम्म सात दलको एकता कायमै रहनुनै बुद्धीमतापुर्ण काम हो । 
लज्जाजनक पराजय एमालेको मात्र हैन,काग्रेसको पनि त भएको छ । एमालेको सिको गर्दै कांग्रेसपनि सरकारवाट बाहिरिने अनी भोलि सडकमा गएर माओवादी विरुद्ध मोर्चा कसेर सानो सानो कुरामा हिजो माओवादीको ब्यबहारको सिको गर्दै सकडमा उत्रिने काम गर्ने हो भने यो मुलुकमा २ वर्षभत्र हैन २ दशकमा पनि जनताद्धारा जनताका लागि बनाएको संविधान आउनसक्दैन ।

सबैले बुझेको कुरा हो जसरी संविधान सभाको चुनाव सम्पन्न गर्नुभन्दा ठुलो चुनौति हो नयां संविधान बनाउने । संविधान सभाको पहिलो बैठकवाट राजा फाल्ने निर्ण्र्ााा साथै त्यसको कार्यान्वयनको पक्ष जीवीतै छ । संघियताको संरचनाको मुद्धा ज्युदै छ । टाउको खाने विषय भनेको यही नै हो । यि र यस्ता विषयमा राष्टिय सहमति विनानै कुनै एक दलले मात्र संविधान लेख्न सक्दैन नै । त्यसैले २००७ सालमा आइसकेको संविधान सभा दलहरुको आपसि खिचातानीका कारण हुनै सकेन ।
अहिले दलहरु संविधान सभा भएपछि खिचातानीमा उत्रिने संकेत देखिएको छ । यदी संविधान सभा बसिसक्दा पनि संविधान बनेन भने त्यसको दोष सबै दलले पाउने त पक्कै हो । त्यसमा पनि हतारिएर जो असहज वातावरण बनाउन हिड्ने छ दोषको भारी उसको नै ठुलो हुने पक्का छ । त्यसैले बुहमत र अल्पमतको सरकारको व्यवहार त्यागेर कमसे कम संविधान नलेखिएसम्म, सेना व्यवस्थापनका मुद्धा नसल्टीएसम्म सात दलविचको एकता कायमै रहनु आवश्यक छ ।

POSTED BY: AT 02:38 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software