नेकमा माओवादीको विजयको क्रम निरन्तर छ भने बांकी गणनाभईरहेका क्षेत्रहरुमा पनि अझै पनि माओवादीको अग्रता छ। हालसम्मको १८६ स्तानको गणनाको परिणाम अनुसार माओवादी-१०५, नेका-३५एमाले-२५,फोरम-१७तमलोपा-४,मजदुर किसान- २जनमोर्चा १सत्भावना-१ र स्वतन्त्र १ स्थान बिजयी भएको समाचार छ ।
हालसम्म २क्षेत्रमा विजयी हुने नेताहरुमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं र रोल्पाका दुइ क्षेत्रबाटै संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा विजय हासिल गर्नुभएको छ । उहां अत्याधिक मतका साथ विजयी हुनुभएको हो । माओवादीकै देव गुरुङ मनाङ र कास्की गरी दुइ क्षेत्रबाट विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डँडेधुरा र कञ्चनपुर गरी दुइ क्षेत्रबाट विजयी हुनुभएको छ । मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव सुनसरी र मोरङका दुइ क्षेत्रबाट विजयी हुनुभयो । यादवले कांग्रेस नेतृ सुजाता कोइरालालाई पराजित गर्नुभएको हो ।