Saturday, 12 April 2008
दाङ क्षेत्र नं.३ बाट महरा विजयी
तुलसीपुर, ३० चैत । दाङ क्षेत्र नं.३ बाट नेकपा (माओवादी) का कृष्णबहादुर महरा २० हजार ४९२ मत ल्याई संविधानसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अनिता देवकोटाले १० हजार ६७१ मत र नेकपा (एमाले) का छविलाल ओलीले चार हजार ९७२ मत प्राप्त गर्नुभएको छ ।<BR><BR>सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका श्री महराले विजयी घोषित हुनु भएपछि दाङबाट टेलिफोनमार्फ सङ्क्षिप्त कुराकानीमा आफ्नो पार्टी जनताको म्यान्डेटलाई कुनै कन्जुस्याइँ नगरी जसरी पनि पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।<BR><BR>श्री महराले अब विगतका कमीकमजोरी दोहोरिन नदिई इमान्दारीपूवक काम गर्ने अठोट पनि व्यक्त गर्नुभयो ।