Saturday, 12 April 2008
नेकपा (एमाले) का रबिन्द्र अधिकारी विजयी
पोखरा, ३० चैत । कास्की क्षेत्र नं.३ बाट नेकपा (एमाले) का नेता रबिन्द्र अधिकारी १३ हजार ३८८ मत ल्याई निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी) का झलकपाणी तिवारी १० हजार ९३६ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका बृन्दादेवी रानामगरले १० हजार ४० मत प्राप्त गर्नुभएको छ ।
अन्य क्षेत्रको मतगणना क्रम जारी छ ।