किन घट्दै छ नेताहरु प्रती जनबिश्वास?

कुनै पनि देशको बिकास राजनैतीक स्थिरता र राजनेताहरुको दुर्दर्शितामा निर्भर गर्दछ। सबै नितिहरुको माउ निती राजनीति भएकै कारण जनताहरु पनि राजनीति प्रती आस्था राख्दछन। तर राजनिती गर्ने नेताहरुले राजनीतिलाई सहि दिशातिर निर्देशन गर्न नसक्दा तिनै जनताले दु:ख झेल्नु पर्छ। अहिले नेपाल मा पनि यस्तै स्थिती बन्दै गैरहेको छ कि नेताहरुले आफ्नो ब्यक्तिगत र कार्यकर्ताहरुको स्वार्थलाई हेर्ने अनी अरु पार्टिका कार्यकर्ता र सर्बसाधारण जनताको बेवास्था गर्ने कार्य बढी रहेको छ।  जब नेत्रित्व बर्ग जनता को भावना बिपरित चल्न खोज्दछ तब राजनीति गर्ने हरु प्रती जनबिश्वास पनि घट्दै जान्छ। चुनावका बेला मात्र जनताका घरदैलो चाहर्ने नेताहरु अरु समय भने आफ्नै ब्यक्तिगत स्वार्थका लागि समय खर्चिन्छन।

चुनाव जित्नका लागि जनतालाई मिठा मिठा सपना बाढ्ने अनी प्रलोभनमा पार्ने तर चुनाव जिते पछी बिर्सिने नेपाली नेहाहरुको पुरानै रोग हो। आम जनतालाई केवल शान्ती र आर्थिक स्थायित्व चाहियको छ। युबाहरु खाडी मुलुकमा पशिना बगाउन नपरोश अनी आफ्नै परिवार का अगाडि बाँच्न पाइयोस भन्ने चाहन्छन। दैनिक करिब पन्ध्र सय भन्दा भदी युबा जनशक्ती रोजगारिका लागि भनेरै खाडी मुलुकहरुमा गैरहेका छन भने दैनिक करीब चार पाँच वटा लास पनि खाडी मुलुक बाटै अाइरहेका छैन। खै नेताहरुले जनताका दु:ख बुझेका?

सबै पार्टिहरु सरकारमा गएपछी आफ्नै मात्रा दुनो सुझाउछन अनी आँफैनै मात्र कुरा सहिहुन भन्छन, सरकारबाट बाहिरिय पछी भने आन्दोलन, हट्ताल, चकाजाम गरेर जनतालाई दु:ख दिने एउटा संस्कार नै बसिसकेको छ नेपालमा । यसरी नै यस्तो गलत संस्कार बस्दै जाने हो भने अझको ५० बर्ष सम्म पनि नेपालमा कुनै बिकासले गती लिन सक्ने छैन। सत्तामा हुँदा नितिगत भ्रस्टाचार गरेर करोडौ रुपैया कुम्लाउने अनी सत्ता बाहिर हुँदा अरुले गरेको निर्णय मान्दै नमान्ने।

नेपालमा अहिले सबै भन्दा धेरै खडेरी सर्बमान्य राजनेताको परेको छ। जनताले कुन नेताको बोलिको विश्वाश गर्ने? अहिले एउटा कुरा गर्ने अनी एक्छिन पछी अर्कै कुरा गर्दै हिंड्ने नेताहरुको विश्वाश धेरै दिन सम्म टिक्न सक्दैन। नेपालमा अहिले राजनैतीक चेतना बढेकै कारणले होला नेताहरुको विश्वाश घटेको। आन्दोलन र बिरोधका स्वरहरु मात्र निकाल्ने नेताहरुले बिकासका कुरा गरेको भय जनताहरुमा आशा जाग्थ्यो कि! किन भने अरुले गरेको निर्णयलाई स्विकार्ननै नसक्ने बानिनै बसिसकेको छ नेताहरुको।

सन्सदबादी भनेर चिनिएका दलहरुका नेताहरुले त एउटा पुस्ताको अन्त्य भैसक्दा सम्म पनि नेपाली जनतालाई पटक पटक धोका दिय अर्को तिर जनयुद्द र बिभिन्न आन्दोलन बाट आएका दलका नेताहरुले समेत जनभावना को खिल्ली मात्र उडाय। करिब १५ हजार मानिसको ज्यान लिएको १० बर्से जनयुद्द का अभियन्ताहरु समेत आज भिन्न भिन्न टुक्रामा बिभाजित भैसकेका छन? आखिर त्यो युद्द के का लागि थियो त? किन त्यत्रा निहत्था जनताले रगत बगाउनु परेको? जनतालाई कुनै पार्टीको नेताको दर्शन र बादले खान र लगाउन दिदैन, नत जिबिका निर्बाहनै गराउदछ। हिजो ब्रुजुवा शिक्षा चाहिदैन भन्ने हरु आज त्यही शिक्षाको छत्र छायामा उच्च ओहोदामा बिराज मान छन। बिचरा जनताका छोरा छोरीले भने ब्रुजुवा शिक्षाको नाम मा पढ्न नै पाएनन।

अर्को तर्फ मधेश आन्दोलन बाट उदाएका दलहरु को हबिगत कस्तो छ अहिले? मधेश आन्दोलन का ताका जनतालाई तातो गोली थाप्न लगाएर आफु सत्तासिन भएका नेताहरुले कहिले मधेशी जनताका कुरा सुने? यदी सुनेको भने अहिले पनि मधेश को स्थिती यस्तै हुने थियो? सत्तामा पुग्नकै लागि पार्टिलाई टुक्रा टुक्रा पार्ने हरु मधेसी जनताका साना भन्दा साना समस्या समाधान का लागि सम्बेदनशिल कहिल्यै बनेनन। मधेश को शिक्षा को स्थिती हेर्नुस्, मधेशी महिला हरुको स्थिती हेर्नुस् अनी मधेशमा जकडिएको अन्ध्बिश्वासलाई हेर्नुस्, यि सबै कुराहरु बुझेर पनि किन मधेसी नेताहरु चुप लागेर बसेका छन। के मधेसी नेताहरु आफ्नो लागि मात्रै राजनिती गर्छन् त? यदी जनताका दैनिक समस्याहरु कसरी हल गर्न सकिन्छ भन्ने बारेमा कहिले उनिहरुले सोचेका होलान? आन्दोलनका लागि मात्र एक जुट हुने मधेशी नेताहरु मधेशको बिकासका लागि कहिल्यै एकमत भएका छन त?

कुरा मधेसी नेताहरुको मात्रै होइन जनजाती नेताहरुको पनि उस्तै छ। जनजाती आन्दोलनले उचाइमा पुगेका  नेताहरुलाई अझ पनि आन्दोलन कै धङ्धगी  लागि रहेको छ। उनीहरु पनि पिछडिएका समुदाय प्रती कहिलै पनि सम्बेदनशिल भएनन। आन्दोलन का कुरा मात्रै गरेर दिन बिताउने नेताहरु युबाहरुलाई बिदेशमा बेचेर त्यसबाट आएको पैसाले घरखर्च चलाऊनेभए। यसरी कसरी बढ्छ नेताहरु प्रत्ती जनबिश्वास?

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया