धेरैजसो केटाहरु विवाह पूर्व केटीसँग यस्ता ८ झुठ बोल्छन

तपाईको विहे हुदैछ र यो प्रेमविवाह नभएर पारिवारीक विवाह (एरेन्ज म्यारिज) हुदैछ भने तपाइले केटाको बारेमा सम्पूर्ण जानकारी लीएमा राम्रो हुनेछ। सामान्यतया केटाले केटीलाई प्रभावित गर्नका लागि कतिपय झुठा कुराहरु पनि गरेएका हुन सक्छन। हुन त पारिवारिक विवाहमा घरपरिवारले नै केटी वा केटा पक्षका बारेमा सम्पूर्ण जानकारी लिएर नै सम्बन्धलाई अघि बढाएका हुन्छन। त्यसैगरि प्रेम विवाहमा केटीले केटा पक्षका बारेमा सम्पूर्ण जानकारी लिएका हुन्छन तर पनि कतिपय बाबजुद केटाहरु केहि कुराहरु लुकाउने गर्दछन।

केटाहरुले यस्ता कुराहरु लुकाउनुका पछाडी धोका दिनका लागि नभई केटी र केटीको घरपरिवारलाई प्रभावित गर्नका लागि सामान्यतया केटाहरु विवाह भन्दा पहिले झुठो बोल्ने गर्दछन। त्यसैले जो विवाह बन्धनमा बाधिदै हुनुहुन्छ, अवश्य पनि एक अर्काका बास्तीक कुराहरु बुझेर मात्र सम्बन्धलाई अगाडी बढाउनुहोस। अन्यथा तपाईहरु विच सानो तिनो कुराले परि चरम विबादको रुप लिन सक्दछ र सम्बन्धमा सदैब तिक्तता आइरहन सक्दछ।

सामान्यतया केटाहरुले विवाह पूर्व केटी र केटीको घरपरिवार लाई प्रभावित गर्नका लागि निन्न ८ किसिमका झुठ बोल्नसक्छन।

१. मैले आजसम्म कुनै पनि केटीलाई नराम्रो नजरले हेरेको छैन।

२. मलाई लिन दिनमा कुनै मतलब छैन। तिमी केवल एक जोडी कपडामा विवाह मण्डपमा आऊ।

३. तिम्रा भाई बहिनी मेरा भाई बहिनी जस्तै हुन। उनीहरु प्रति मेरो पनि जिम्मेवारी हुन्छ।

४. तिमी हरेक दृष्टिकोणले सुन्दर छौ।

५. म तिम्रो साथमा रहदा जति राम्रो लाग्छ उति अरुको साथमा राम्रो लाग्दैन।

६. मलाई तिम्रो घरपरिवार अति नै राम्रो लाग्छ।

७. तिमी कुनै परी  भन्दा पनि सुन्दर छौ।

८. विहे पछि घरपरिवार समाल्नु तिम्रो एक्लो जिम्मेवारी हुनेछैन।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया