हामी किन ब्यबसायिक नबन्ने?

आज को दुनियाँमा जति पनि बिकसित देशहरु छन, ति सबै आधुनिक ब्यबसायिकता का कारण त्यस स्थान मा पुग्न सफल भयका हुन। ति देशरुले ब्यबसायिक गतिबिधिलाई उच्च प्रार्थमिकता दिएकाले उनिहरु को प्रतिब्यक्ती आम्दानी पनि उच्च रहन गएको हो। कृषि, उध्योग, सेवा आदिमा ति देशले पूर्णत ब्यबसायिकता प्रदान गर्दै आधुनिक उपकरण पनि प्रयोग गर्दै आइरहेका छन । अमेरिका, क्यानाडा, जापान, चाइना जस्ता बिकसित देशहरुको पहिलो प्रार्थमिकता नै ब्यबसायिक प्रबर्दन गर्ने तथा निर्यात मुखी ब्यवसायमा जोड दिने रहेको छ।

नेपाल पनि खुला ब्यापार अर्थतन्त्रमा परबेश गरिसकेको अवस्थामा आयातलाई प्रतिस्थापना गर्नका लागि निर्यात मुखी ब्यवसायलाई जोड दिनु जरुरी छ। दिन प्रतिदिन ब्यवसायिक प्रतिस्प्रधा बढदै गैरहेकाले ब्यबसायी हरुले पनि आफ्नो ब्यबसायिक क्षमतालाई बढाउनु जरुरी हुन्छ। अहिले नेपाल पूर्णत आयात मा निर्भर भयका कारण ब्यापार घाटा बढेर करीब ८ खर्ब रुपैया पुगेको छ।  आधुनिक ब्यवसाय तथा ब्यबसायिक लगानी को बाताबरण पनि बनाउनु जरुरी छ। २०४६ साल पछी नेपालमा निजी क्षेत्रले ब्यबसायिक गतिबिधिमा सहजता प्राप्त गर्दै आए पनि अझै बैदेशिक लगानिको सहज बातावरण बन्न सकिरहेको छैन। सरकारले ठुला बिद्युत परीयोजनाका लागि लगानी को बातावरण बनाउन खोजिरहेको छ, जस्लाई सकारात्मक रुपमा लिन सकिन्छ। नेपालको कुल अर्थतन्त्र को करिब ३५ प्रतिसत हिस्सा कृषि क्षेत्रले ओगटेको को छ बाकी ४५ प्रतिशत सेवा तथा २० प्रतिशत उध्योग ले ओगटेको छ। यो तथ्याङ्कको का अनुसार पनि सरकारले ब्यबसायिक बाताबरणका लागि अग्रसर बन्नै पर्ने देखिन्छ। भोको पेट्ले राष्ट्रियता धेरै दिन सम्म टिक्न सक्दैन, त्यसैले आर्थिक क्षेत्र सरकार को पहिलो प्रार्थमिकता बन्नु पर्छ।

देशबाट करिब पन्ध्र सय जती युबाहरु रोजगारिका लागि खाडीमुलुक तिर गैरहेका बेला स्वदेसमै ब्यवसायिक गतिबिधीहरु बढन सके सस्तो पारीश्रमिकका  लागि नेपाली युबाहरुले मरुभुमिमा पशिना बगाउनु पर्ने थिएन । त्यसका लागि हरेक क्षेत्रमा ब्यबसायिकता हुनु जरुरी छ। हामी धेरै जसो नेपाली हरु कृषि पेशामै आबद्द भयता पनि ब्यबसायिक रुपमा कृषि पेशा नअपनाएकै कारण राम्रो आम्दानी लिन सकिरहेका छैनौ। अनी धेरै जसो कृषि जन्य बस्तुहरु पनि बिदेशबाटै आयात गर्नु परिरहेको छ। कमसेकम नेपालले कृषिजन्य बस्तुहरुको आयातलाई प्रतिस्थापना गर्न सके मात्र पनि धेरै पैसा बिदेशिन बाट जोगिने थियो।

एक डेढ लाख रुपैया खर्च गरेर बैदेशिक रोजगारिका लागि जाने युबाहरुको सङ्ख्या दिनानु दिन बढदै छ तर त्यही पैसा स्वदेशमै लगानी गरेर पैसा कमाउने विश्वाश ति युबाहरु मा छैन। वास्तवमा यो उनिहरुको बाध्यता हो रहर होइन, किनकी नेपालमा लगानी को कुनै सुरक्षा छैन अनी बजारिकरण को कुनै ब्यबस्थापना पनि छैन। यदी ति युबाहरुले स्वदेशमै पैसा लगानी गरेर कुनै व्यबसायिक गतिबिधीमा सङ्लग्न भएभने उनिहरु को लगानी सुरक्षीत कसरी हुनसक्छ, त्यसको बातावरण सरकारले निर्माण गरी दिनु पर्छ अनी बजारीकरण को पनि सहज ब्यबस्था गरिदिनु पर्छ।

यदी कुनै युबा दुग्ध ब्यवसायमा सङ्लग हुन्छ भने सहज रुपमा दुध बिक्री हुने बातावरण सरकाले बनाउनु पर्छ अनी यदी कुनै युबा तरकारी तथा फलफुल ब्यवसाय मा सङ्लग्न हुन्छ भने त्यसको बजार को ब्यबस्था गरी दिनु पर्छ। सरकारले सहजकर्ताको भूमिका निर्भाह गर्न मात्र सके पनि व्यबसायिक गतिबिधिमा बृदि हुनसक्छ। जहाँ बजार छैन त्यहा उत्पादन भयका बस्तुहरुलाई माग भइरहेका स्थान सम्म पुराउने अथवा सरकारले नै खरिद गरेर बिक्री गरी दिने ब्यबस्था हुन सके यस्ले युबाहरुलाई लगानी गर्ने र ब्यवसाय गर्न प्रोत्साहन मिल्ने थियो। लगानी गर्न नसक्ने युबाहरुलाई सहज रुपमा ऋण उपलब्ध गराउन सके मात्र पनि ब्यबसायिक कृषिका लागि सहज बातावरण बन्ने थियो ।

विश्वका ठुला अर्थतन्त्र भयका बिशाल चीन र भारत को बिचमा रहेको नेपालले अधिकतम लाभ लिन सक्छ । ब्यबसायिक गतिबिधिलाई बढाउन सके अनी यि दुई देशमा निर्यात मात्र गर्न सके पनि नेपालको अर्थतन्त्रको कायापलट नै हुन सक्छ। अर्को तर्फ अपार सम्भाबना रहेको पर्यटन ब्यबसायलाई पनि बढाउन सके मनग्य बिदेशी मुद्रा आर्जन हुने थियो। त्यसैले पनि हामी नेपालीहरु हरेक कुरामा ब्यबसायिक बन्नु जरुरी छ अनी ब्यबसायिकता बुझुनु पनि जरुरी छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया