विनोद चौधरी विश्वको १५६७ औ धनीको सुचिमा

नेपालका उद्योगपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा परेका छन। अमेरिकी पत्रीका फोब्सले सार्वजनिक गरेको सुची अनुसार १५६७ औ स्थानमा परेका उद्योगपति चौधरी को कुल सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर छ। सन २०१६ को कुल सम्पत्ति मा करिब २० करोड डलर बृदि भएको छ। फोब्सका अनुसार माईक्रो सफ्ट कम्पनी का सह-अध्यक्ष बिल गेट्स यो बर्ष विश्वाका धनीहरु को सुचिमा पहिलो नम्बरमा परेका छन। बिल गेट्को सम्पती यो बर्ष ८६ अर्ब डलर रहेको छ। सन १९५५ मा काठमाण्डौंमा बाबू लूनकरण दास र आमा गंगामाया चौधरी बाट जन्मिएका विनोद चौधरीको पुर्खौली पेशा नै व्यवसाय हो।

विनोद चौधरी को नाम एक सक्षम व्यवसायी, उद्योगपति र समाजसेवी का रुपमा परिचित छ। चौधरी ग्रुपका अध्यक्ष समेत रहेका नेपालका पहिलो खर्वपति विनोद चौधरी, जसले करिव ८० वटा जति कम्पनिमा लगानी गरेका छन। उद्योगपति चौधरीका हजूरवूवाले काठमाण्डौं मा एउटा सानो टेक्टायल व्यवसाय संचालन गर्ने गर्थे पछि उनका बावु लुनकरन दासले नेपालमा पहिलो डिपार्टमेन्टल स्टोर खोले। त्यसैलाई विनोद चौधरीले सामूहिक व्यवसायमा बदले। चौधरी ग्रुपको वाई वाई चाउ विश्वका धेरै देशहरुमा निर्यात हुने गरेको छ।

बावू लुनकरन दास मुटुको विरामी भएपछि आफनो अध्यनलाई विचमै रोकेर १८ बर्षको कलिलो उमरमै व्यवसायमा लागेका उद्योगपति चौधरी, कडा मेहनत र परिश्रम कै कारण व्यवसायमा सफल भएका हुन। चौधरी ग्रुपले विश्वका ५ वटा महादेशका ८० वटा कम्पनिहरुसँग को सामुहिक लगानी (कङ्लोमोरेट) मा ब्यवसाय गर्दै आएको छ। विश्वका ३० भन्दा बढी रास्ट्र मा ब्यवसाय बिस्तार गरिसकेको चौधरी ग्रुपका ६० भन्दा बढी ब्रान्ड र ६००० भन्दा बढी कर्मचारी कार्यरत छन।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया