मोवाइल फोनका कारण तपाइको जीवनमा देखिन सक्छन यी ६ समस्याहरुः

आजकाल हामी सवैको हात हातमा एउटा वा दुई वटा स्मार्टफोन पक्कै पनि हुने गर्छ। तर स्मार्टफोन प्रयोग गर्दा केकस्ता किसिमका रोगहरु लाग्छन र के कस्ता समस्याहरु आईपर्न भन्ने जानकारी कमैलाई मात्र हुन्छ। स्मार्टफोनको अत्यधिक प्रयोगका कारण हामीलाई विभिन्न रोगहरु लाग्ने गर्छन। स्मार्टफोन चलाउन सजिलो र धेरै सुविधा हुने भएकाले सवैको रोजाइ साधारण फोन भन्दा स्मार्टफोन हुने गर्छ तर धेरै व्यक्तिलाई यसको लत नै लागिसकेको छ। त्यसकारण स्मार्टफोनको अत्यधिक प्रयोगलाई कमगर्दै जानु पर्दछ। एकातिर मोवाइल फोन को प्रयोगले हाम्रो दैनिक जीवनलाइ सहज बनाई दिएको छ भने अर्को तिर विभिन्न किसिमका रोगहरु र समस्याहरु निम्त्याई रहेको छ। तपाईको जीवनमा पनि मोवाइल फोनको अत्यधिक प्रयोग का कारण निम्न ६ रोग तथा समस्याहरु देखा पर्नसक्छन।

१. नोमोफोवियाः

वेलायती स्वास्थ्य सम्बन्धी एक पत्रिकाका अनुसार मोवाईल फोनको सिंग्नल नहुने तथा मोवाइल फोन हराउ छ कि भन्ने डर का कारण हुने रोगलाई नोमोफोविया भनिन्छ। सामान्यतया मोवाइलको सिंग्नल नहुने वा मोवाइल हराउदा वा हराउछकी भन्ने डर का कारण यो रोग उत्पन्न हुन्छ।

२. इनसोमनिया

मोवाईलको नेटवर्कमा हुने रेडियसन का कारण मानिसहरुलाई इनसोमनिया नामक रोग लाग्ने गर्दछ। यो रोग का लक्षणहरुः टाउको भारी हुने, टाउको दुख्ने, सामान्य कुरा पनि विर्सने र आलस्यता हुने गर्दछन।

३. निद्रामा असर गर्नेः

लामो समय सम्म मोवाइल प्रयोग गर्दा निन्द्रा सम्बन्धी रोग लाग्ने गर्दछ। राती सुत्ने बेला होस या विहान उठ्ने वेलाहोस हामीहरु सवैभन्दा पहिले मोवाईल नै चेक गर्ने गर्दछौ। त्यसैगरी राती अवेर सम्महोस या हिडिरहेको वेलामा पनि मोवाइल चलाईरहेका हुन्छौ, जसका कारण यसले हाम्रो निन्द्राको प्रक्रियालाई समेत असर पारी विचमै निन्द्राबाट विउझाउने गर्दछ

४. ब्याक्टेरिया सोर्सः

एक रिसर्च प्रतिवेदनका अनुसार स्मार्टफोनमा ट्वाईलेट सिट को भन्दा १० गुणा बढि ब्याक्टेरिया उत्पन्न हुने गर्दछ। एक पटक सोच्नुहोस त तपाई हामी दिनमा कति पटक मोवाइल छुन्छौ अनि कति ब्याक्टेरिया पाल्छौ।

५. आखाको रोगः

आखामा निलो किरण सिधा पर्नु, रेटिनाका लागि खतरनाक मानिन्छ। हम्रो मोवाइलको स्क्रिनबाट निलो किरण उत्पन्न हुन्छ। यसको साथै कति व्यक्तिहरु अध्यारोमा पनि मोवाइल चलाउने वानि हुन्छ, जसका कारण आखालाई पूर्णतया असर गर्दछ।

६. मोवाइलफोन को आविष्कार मानिसहरुलाई जोड्नका लागि भएको थियो, जसले सजिलै मानिसहरु विचको सम्बन्धलाई जोड्न सकियोस। तर समयक्रम संगै यसको दुरुपयोग पनि बढ्दैछ। मोबाइल फोनको बढ्दो प्रयोगले मानिसहरु विचको भेटघाटलाई कमि गराउदै लगेको छ। त्यसै गरि सोसियल मिडिया का कारण मानिसहरु प्रत्यक्ष कुराकानी भन्दा च्याटमा व्यस्त रहन्छन अनि परिवार र समाज विस्तारै एक्लिदै गएको छ। वच्चा, वयस्क र बृद्ध समेत सोसियल मिडियामा रमाउने अनि एक्लै समय  विताउने रोग बढेको छ।

अन्तमा, प्रविधिको प्रयोग हाम्रो दैनीकीलाई सहज पार्नका लागि विकास गरिएको हो, यसको अत्यधिक प्रयोगका कारण हाम्रो जीवनमा विभिन्न किसिमका समस्याहरु उत्पन्न गराई मानव जीवनको विकासक्रम लाई समेत असर गर्दछ। यदि तपाईहरु पनि मोवाइलको प्रयोग अत्यधिकरुपमा गर्नुहुन्छ भने घटाउदै जानुहोस अन्यथा विभिन्न समस्याहरुले तपाई पनि छुनेछन।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया