मोवाइलको अत्यधिक प्रयोगबाट सुरक्षित रहन यी १० उपायहरु अपनाउनुहोस

मोवाइल हाम्रो दैनिक जीवनमा धेरै नै महत्वपूर्ण मानिन्छ। हामीहरु मोवाइल फोन विना एकछिन पनि बस्न  सक्दैनौ। तर मोवाइल फोनको अत्यधिक प्रयोगका कारण हाम्रो स्वास्थमा के कस्तो असर पर्छ, त्यसका बारेमा तपाई हामी मध्य कमैले मात्र सोचेका हुन्छौ। हुनसक्छ हामीहरु मोवाइल फोन विना एक दिन पनि विताउन सक्दैनौ होला तर मोवाइल फोन लाई केहि समय टाढा राख्दा नै राम्रो हुनेछ।

एउटा अनुसन्धानको तथ्या󠆶ड्ढका अनुसार मोवाइल फोन को अत्यधिक प्रयोगका कारण हाम्रो शरिरमा के कस्ता विमारीहरु हुन्छन त्यसको वारेमा हामी अनुमान गरेका हुदैनौ। मोवाइलमा कुरा गर्ने देखि सुत्ने समयमा मोवाइल फोन नजिकै राख्दा समेत हाम्रो स्वास्थ्यलाई असर पु¥याउदछ। जुन कुरा हामीहरुले ध्यानमा राख्नु जरुरी हुन्छ। मोवाइल फोनको प्रयोग गर्नुहोस तर यी १० कुराहरु ध्यानमा राख्नुहोसः

१) सामान्यतया हामीहरु सुत्ने समयमा मोवाइल फोनलाई हाम्रै आसपास राख्ने गरेका हुन्छौ तर यो कुरा विलकुल गलत हो। त्यसकारण सुत्ने समयमा मोवाइल फोनलाई केही टाढा राख्नुहोुस जसका कारण तपाईलाई मिठो निन्द्रा लाग्ने छ अनि मोवाइलको लत बाट छुटकारा पनि मिल्ने छ।

२) मोवाइलफोनको प्रयोग बास्तवमै अत्यावश्यक छ तर २४ सै घण्टा मोवाइल फोनमै झुण्डिनु पनि राम्रो मानिदैन। त्यसकारण सके सम्म केहि समय फोन बाट टाढै रहनुहोस।

३) यदि तपाई मोबाइलमा नम्वर डायल गर्ने वित्तिकै कानमा लगाउनु हुँन्छ भने यो हानिकारक मानिन्छ। त्यसैले सकभर लाउड स्पिकरद्धारा फोन उठे नउठेको पत्ता लगाउनुहोस अनि मात्र फोन कान सम्म लैजानुहोस ।

४) चलिरहेको सवारी साधनमा मोवाइल फोनको प्रयोग नगर्नुहोस।

५) यदि हाम्रो मोवाइल को सिग्नल कमजोर हुन्छ, त्यस्तो समयमा बारम्बार कल गर्ने प्रयास गर्ने गरिन्छ, जवकि यस्तो समयमा मोवाइलको प्रयोग गर्नु हुदैन।

६) यदि मोवाइल फोनको कम प्रयोग हुन्छ अथवा रात्रीकालीन समय मा हुदैन त्यस्तो अवस्थामा मोवाइल लाई फलाइट मोडमा राख्नु पर्दछ।

७) आजकाल विभिन्न किसिमका मोवाइल केसहरु बजारमा उपलब्ध हुन्छन, ती मध्य कतिपय केसहरु सुरक्षित पनि हुन्छन। त्यसकारण मोवाइल केस खरिद गर्दा कति सुरक्षित छन, विचार गरेर खरिद गर्दा कमसल खालको केसका कारण हुने हानिकारक तत्वबाट बच्न सकिन्छ।

८) स्माटफोनमा म्युजिक सुन्न सवैलाई आनन्द आउछ तर कमसल खालको हेडफोनको प्रयोग का कारण हाम्रो स्वास्थ्यमा हानिपु¥याउदछ। त्यसकारण कमसल खालका हेडफोनको प्रयोग नगरौ या कम मात्र प्रयोग गरौ। अर्को कुरा हामीहरु लाउड साउण्डमा म्युजिक सुन्ने गर्छौ जसका कारण हाम्रो कानको जालीमा असर पर्दछ अनि हामीहरु कानको रोगी बन्न सक्छौ त्यसकारण यसबाट हामीहरु सचेत बन्नु जरुरी हुन्छ।

९) हामीहरु सानो सानो कुरामा पनि साथीभाईलाई बारम्बार कल गर्ने गर्छाै, सकभर कम कल गरौ या मेसेज को प्रयोग गरौं।

१०) फोन खरिद गर्ने समयमा यो पनि ध्यान दिनु पर्दछ कि तपाईको मोवाइलमा एसएआर कम होस। तपाईको मोवाइमा जति धेरै एसएआर भ्यालु भयो त्यति नै बढि हानिकारक हुन्छ। त्यसकारण खरिद गर्दा त्यसको एसएआर कति छ सोध्नुहोस।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया