नेपालमा किन घटेन भ्रस्टचार ?

राज्यका हरेक अंगबाट सर्बसाधारण नागरिकले पाउनु पर्ने सेवा छिटो छरितो एब्ं कम खर्चिलो र गुणस्तरिय तरिकाबाट पाउनु नागरिकको अधिकार ह्रहन्छ भने राज्यले पनि राज्य प्रणाली सन्छलन गर्दै बिकासका कृयाकलाप अगाडी बढाउदै नागरिकको चाहना अनुसार सामाजिक र आर्थिक बिकास गर्दै जानुपर्छ । तर नागरिकको चाहना अनुरुप राज्यले बिकासको गती अगाडी बढाउन नसक्नुको कारण मध्य मुख्य बाधकको रुपमा रहेको छ भ्रस्टचार । जसको कारणले मुलुक बिकासको गतिमा पछी परेको छ, जनताले पाउनु पर्ने सेवा सुबिधा सहज रुपमा पाउन सकेका छैनन । भ्रस्टचार कै कारण देशको शान्ती सुरक्षा र स्थायित्वमा समेत गम्भिर चुनौती थपिएको छ । नागरिकको जिवनस्तर खस्किएको छ, बिकास निर्मणको कार्य कछुवा गतिमा बढेको मात्र हैन त्य्सको गुणस्तर समेत ज्यादै कम्जोर छ,  संगठित अपराध बढेको छ, मानव अधिकारको हनन का घटना बढ्दो छन्, जसका कार्ण अन्तत: प्रजातन्त्रको स्थायित्वमा नै गम्भिर चुनौती दिन प्रती दिन थपिदै गएको छ । भ्रस्टचार नियन्त्रण गर्ने सबिअ क्षेत्रबाट पटक पटक प्रतिबद्वता ब्यक्त हुँदै आइरहेका छन्, भ्रस्टचार नियन्त्रण गर्ने निकायहाँरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा आ-आफ्नो कार्य सम्पादन गरिरहेका छन्, यसको लागी प्रायप्त कानून्हरु पनि नभएका होईनन तर पनि नेपालमा  किन भ्रस्टचार घट्न सकेको छैन ? भ्रस्टचार शव्द नागरिकको जनजिभ्रोमा दिनप्रती दिन विस्तारित हुँदै नेपालमा मात्र सिमित नरही अन्तरअस्टृय रुपमा विस्तारित भैसकेको छ । यसरि  भ्रस्टचार शव्दले अन्त-रास्टृय रुपमा नागरिक स्तरमा पहिचान पाउनुमा यो सामाजिक मूल्य मान्यता र नैतिक बिरुद्द कार्य भएको र सन्सार्का ठूला साना, विकसित अविकसित सबै मूलुका हरु सम्मा फैलिएको छ, केबल मात्रात्मक रुपमा बढी र घटी हुन सक्छ ।बिशेष गरी नेपालमा यसको पछाडी भ्रस्टचार घट्नुको सट्टा दिन प्रतिदिन बढ्दै जानोउका कार्ण यहाँ  पहिचान गर्न खोजियको छ ।

भ्रस्टचार का कारणहरु:

नेपालमा  भ्रस्टचार नघट्नुका कारण अनेकौ छन तर ति मध्य मुख्य मुख्य बुदाहरु निम्नानुसार उल्लेख गरिएको छ:-

क) आर्थिक कारण: जनजिभ्रोबाट कहिलेकाही सुनिन्छ मानिसको भोकोपेटले जे पनि गर्न तयार हुन्छ। लामो यात्रामा थकाई र भोकाइ लगेको अन्य बिकल्प पनि नभएको अवस्था, हिड्दै जादा बाटोमा पर्ने ख्तमा हरियो मकै खाने अवस्थाको देख्यो अनी उसले भाचेर खायो वा अन्य फल्फूल्को बगैंचा देखी टिपेर खाइ आफ्नो भोक मेटाएको अवस्थामा पनि उस्लाई चोरीको आरोपमा समाजले हत्तपत्त उसलाई दोषी मान्दैन, त्यसको अलावा उसले खाअनुको साथै झोलामा हालेर पनि हिड्दै छ र सोही अवस्थामा कसैले देख्यो भने चोरीको आरोपमा समाजले उसलाई दोषी ठानी कार्वाही पनि बढाउन सक्छ। राष्ट्रसेवकका हकमा समेत माथिका उदाहरण केही हदसम्मा सान्दर्भिक हुन सक्छ। उसको दैनिक जीवनमा गुजारा चल्ने गरी कम्तिमा उसका चार जना सम्मको परिवारलाई प्रयाप्त खान लाउन र उसका शान्तातिका लागि शिक्षा, स्वास्थ्य र आवासका लागि पुग्ने सम्मको तलव स्क्ले राज्यबाट उपलब्ध गराउन पर्छ, यदी त्यती सुबिधा उसले पाएको छैन भने उसको पेट भोको रहन पनि सक्छ। यदी आफ्नो सामान्य जीवन गुजरा पनि गर्न संघर्ष गर्नु पर्ने परिस्थितीमा मनिषाले इमान्दारी, नैतीकता, नियम कानूनका बन्धन नाघ्न वाध्य हुन पनि सक्छ। त्यस्तो परिस्थिती बाट बचाउन राज्यबाट प्रदान गरिने तलव स्क्ले समय सापेक्ष महंगिलाई ध्यानमा राखी प्रयाप्त पुग्ने अध्ययनका आधारमा तोकिनु पर्दछ । यदी अत्यावश्यक पर्ने तलव स्क्ले उपलब्ध नगराइएको स्थितिमा राज्यका भ्रस्टचार नियन्त्रण गर्ने निकायहरुलाई जतिसुकै शक्तिसम्पन्न बनायता पनि यस सम्बन्धी कानूनहरु जती नै कठोर प्राब्धनहरु समावेश गरिय तापनी अन्तत: भ्रस्टचार घट्न सके अपेक्षा गर्न सकिदैन। कारण मानिसका बाध्यता र समस्याले उसलाई भ्रस्टचारी बनाउन पनि सक्छ । तर सम्पत्ती आर्जनका लागि ज्यादै लालयित बन्ने र महत्वकांक्षी सपना बनाउने मानिसका हकमा भने प्रयाप्त तलव स्केले बढाउदैमा भ्रस्टचार नियन्त्रण नै हुन्छ भन्न कठिन हुन्छ । राष्ट्र सेवकलाई वाध्यकारी बनाउन सक्ने उसका अन्तर्निहित समस्याहरुको प्रभाबकारी निदानको खोजी नहुँदा सम्मा भ्रस्टचार घटाइने छ भन्ने हरेक प्रतिबद्दताहरु कोरा नारामा मात्रा सिमिती रहन्छ।

ख) सामाजिक कारण: समाजमा हरेक ब्यक्तीको धन कमाउने महत्वकांक्षा बढेर गएको छ । जसरी पनि धन कमाउनु पर्छ भन्ने मानसिकता दिनप्रतिदिन बढ्दो छ । युबा वर्गमा विशेषगरी शहरी जनजीवनमा पश्चिमी संस्कृतिको नक्कल बड्दो क्रममा छ। अनावश्यक भोजभतेर, तडकभडक, बिलाशी बस्तुहरुको सङ्रह, बिहावारिमा दाईजोको प्रचलन्ले गर्दा समाजमा घटित यस्ता बिषयहरुमा ठुलो खर्चको जोहो गर्नुपर्ने बाध्यताले गर्दा पनि धन कमाउने र खर्च गर्ने प्रब्रिती मा प्रतिस्प्रधा नै देखिन्छ। समाजमा घटित यस्तो नराम्रो प्रतिस्प्राधामा राष्ट्रसेवक पनि अछुतो रहन सक्ने स्थिती देखिदैन । समाजमा बैध तरिकाबाट कमाइ गर्ने ब्यक्ती र अबैध तरिकाबाट धन कमाउने दुवै ब्यक्तिलाई समान ब्यवहारको सम्मान दिदा भ्रस्टचारबाट धन कमाउने ब्यक्तीहरु पनि समाजमा उच्च मनोवल का साथ बसिरहेका छन । भ्रस्टचार गरी धन कमाइ यश आरामको विलाशी जीवन बिताउन पनि पाइने समाजमा प्रतिस्ठा पनि गुमाउनुको सट्टा बृदि हुँदै जानु यस्तो दुबै हातमा लड्डु रहँदा सम्मा नेपालमा भ्रस्टचार घट्दैन। समाजमा भ्रस्टचार गरी धन कमाउनेलाई तिरस्कार देखी सामाजिक बहिस्कार सम्म गर्नु पर्छ भन्ने चेतनाको लहर ल्याउन ढिला गर्नु हुँदैन ।

ग) धार्मीक कारण: नेपालमा बिबिध जाती समुदायको बसोबास रहेको छ। त्यस्तै हरेक समुदायका आ-आफ्ना चाडवाड, धार्मिक प्रंम्पराहरु, प्रचलनहरु बिध्यमान रहेका छन। तो समुदायका परम्परागत रुपमा चल्दै आएका चाडवाड, छैठी, न्वारन, पास्नी, जन्मदिन, विवाह, ब्रतबन्ध, जात्रा, धार्मिक यज्ञ, अनुस्ठान्, ब्रिद्दाअवस्थामा  सम्पूर्ण तिर्थहरुको दर्शन गरेमा स्वर्ग पुगिने धार्मिक विश्वाश रहेको छ भने, मृत्‍यु पछी सम्पन्न तवरले दानपुन्य गर्नुपर्ने संस्कारमा धार्मिक आस्था जोडीयको छ । अझ डरलाग्दो पक्ष त उल्लेखित हाम्रा संस्कार हरुलाई भड्किलो र विक्रित रुपमा मनाउने संस्कार समाजमा बढ्दै गैरहेको छ । यि हाम्रा धार्मिक संस्क्रिती र मान्यताहरु परम्परागत रुपमा धान रास्ट्र सेवक का नियमित आय आर्जनले धान्न सक्ने स्थिती देखिदैन। यसको समाधान बिकल्पमा भ्रस्टचारको अतिरिक्त आम्दानिको सजिलो उपायको खोजीमा लाग्न सक्ने डर त्यती नै छ । हाम्रा आफ्नै धार्मिक मान्यताहरुमा नयाँ सोचको खाँचो देखिदै गैरहेको हो कि त्यस तर्फ ध्यान पुराउनु पर्ने स्थिती देखिदैछ ।

घ) राजनैतीक कारण: कुनै देशमा भ्रस्टचार कुन क्षेत्रमा बढी वा कम छ भनी अध्ययन गर्दा सबै भन्दा बढी भ्रस्टचार राजनैतीक क्षेत्रमा हुन्छ भनी बारम्बार समाचारमा आएको पाईन्छ। राजनैतीक क्षेत्रमा हुने भ्रस्टचारमा आफुलाई फाईदा हुने निर्णय गर्नु, सार्वजनिक पदहरुमा नियुक्ती गर्दा आफ्ना राजनीतिक समर्थकहरु नियुक्ती गर्नु, राष्ट्रसेवकहरुलाई अनैतीक काम मा दवाब दिनु, सरकारी सम्पत्तिमा निजी स्वार्थ प्रयोग गर्नु, अपराधीहरुसँग गोप्य साठगाठ गरी रकम अशुल गर्नु, सार्बजनिक निर्माणका सामाग्री कहरिद गर्दा ठुलो रकम पार्टिका नाममा माग गर्नु, सरकार बचाउन संसदमा मत भोटिङ गर्दा सांसदहरु को लागी रकम बाडंनु, दलगत स्वार्थमा रही सरकारी साधन सुबिधालाई चुनावको समयमा दुरुपयोग गर्नु, यस्ता सबै किसिमका कार्यहरु राजनीतिक ब्रित्तबाट हुँदै आयका भ्रस्टचार जन्य कार्यहरु हुन । उल्लेखित कार्यहरु धेरै थोरै मात्रामा फरक रहेपनी अधिकांस राजनीतिक ब्रितमा रहने यस्ता बिकृतिहरु को अन्त्य नहुँदा सम्म नेपालमा भ्रस्टचार घट्ने अवस्था देखिन्छ ।

भ्रस्टचार घटाऊनै नसकिने समस्या हो ?

ब्यक्तीले आफ्नो सामान्य जीवन यापन र उच्च नैतीकवान सोचाइमा रहने हो भने त्यस्तै गरी आफ्नो दैनिक आहार विहार र आचार विचारमा समेत साधारण स्वभाबले पनि भ्रस्ट्रचार नियन्त्रणमा ठुलो सघाउ पुर्‍याउन सक्छ। आफ्नो आयको स्तर भन्दा बढी फजुल खर्च गर्ने, समाज मा तडकभडक र रवाफ देखाउने, गलत संस्कारका लागि प्रस्तिस्प्राधा गर्ने, महत्वाकांक्षी उदेश्य पुर्ती गर्नमा अनावश्यक बढी खर्च गर्नुपर्ने हुनाले उसलाई आफ्न चाहना पुरा गर्न सामान्य आय स्केल बाट सम्भब नहुन सक्छ । यस्तो अवस्थामा उसको आयस्तरमा बढाउन सजिलो उपाय भनेको भ्रस्ट्रचार वा अन्य कुनै पनि अबैध वा गलत बाटो रोज्नु सक्छ। मानिसका गलत लत र आचरणका कारण पनि देशमा भ्रस्ट्रचार बढ्नुका साथै समाजमा नराम्रो संस्कारको जन्म भै समाज पतनको मार्ग तर्फ धकेलिन सक्छ। गरिवी र बिकास निर्माण बाट पछी परेको हाम्रो जस्तो मुलुकमा आर्थिक बिकास गर्न समग्र स्रोत र साधन जुटाउनु पर्ने अवस्था मा राज्यमा भएको सिमित स्रोत साधन माथि पनि भ्रस्ट्रचार जस्तो महारोगले ग्रसित हुनु आँफैमा बिदम्बनापूर्ण अवस्था हो । न्यायपूर्ण र सत्य समाजमा जनताको सम्मान हुनुपर्छ र राज्यका निकायबाट पाउनु पर्ने सुशासन जनाताको आशल चाहना हो । यसको लागि भ्रस्ट्रचार घटाऊने अभियानमा सबै क्षेत्रमा कार्यरत नेपालीको साझा कर्तब्य हो भन्ने अनुभुतीसाथ लाग्नुको अलावा भ्रस्ट्रचार नियन्त्रण गर्न राजनीतिक प्रतिबद्दता र इच्छाशक्ती उत्तिकै आबश्यक हुन्छ। भ्रस्ट्रचार निमिट्यान्न पार्न नसकिने भये पनि यसलाई घटाऊन भने अबश्य सकिन्छ। जनचेतनाको स्तर बर्षेनी बृदि हुँदै जाने हो र अशल  नेत्रित्व र राजनैतीक इच्छाशक्ती हुने हो भने भ्रस्ट्रचार घटाऊन नसकिने समस्या भने अबश्य होइन .

स्रोत: स्मारिका, अदुअआ                                                     

लेखक: ईन्द्रप्रसाद पौडेल (उपसचिब -अदुअआ)

 

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया