साम्सुङ ग्यालेक्सी S8 र S8 प्लस

साम्सुङ कम्पनिको नयाँ स्मार्टफोन S8 र S8+ रिलिज गर्ने दिन आउन केही दिन मात्र बाँकी छ तर यि स्मार्टफोन का बारेमा बिभिन्न किसिम मा समाचारहरु बाहिरिएका छन। यू के को एक अन्लाईन रिटेल साईट ले त अन्लाईन प्रि-अर्डर पनि खोली सकेको छ। उक्त अन्लाईन रिटेल साईट मोबाईलफनले यि मोबाईल को मुल्य क्रमस ७९९ युरो र ८९९ युरो तोकेको छ। गत बर्ष साम्सुङले ग्यालेक्सी S7 को मुल्य ५४९ युरो तोकेको थियो। तर साम्सुङ S7 को तुलना मा S8 को मुल्य निकैनै बढी तोकिय को छ। यदी यो मुल्य सहि भय मा साम्सुङलाई अन्य स्मार्टफोन सँग प्रतिस्प्रधा गर्न निकै नै गार्हो हुने छ।

अर्को अन्लाईन रिटेल कम्पनी टिप्सटर रोल्यान्ड क्वान्डट ले त दाबी नै गरेको छ कि ग्यालेक्सी S8 र ग्यालेक्सी S8 प्लस को मुल्य क्रमस ७९९ र ८९९ युरो हुने छ। उक्त कम्पनी ले ट्वीट गर्दै भनेको छ कि यि स्मार्टफोन कालो, सिल्भर र व्वालेट कलर मा उपलब्ध हुने छन। ग्यालेक्सी A8 को डिस्प्ले 5.8 इन्च र S8 प्लस त्यो भन्दा पनि ठुलो डिस्प्ले हुने छ। ग्यालेक्सी S8 को (५.५ इन्च डिस्प्ले) का अगाडि आइफोन 7 (४.५ इन्च डिस्प्ले) धेरैनै सानो देखिन्छ। त्यसै गरी ग्यालेक्सी S8 प्लस को डिस्प्ले को तुलना हुवावे पि 10, एल्जी जि 6 र नेक्सस 6P सँग गरिएको छ।

यि दुवै स्मार्टफोन ले अमेरिकि सर्टिफिकेट साईट एफसिसी बाट समेत मान्यता प्राप्त गरिसकेका छन। ग्यालेक्सी S8 का ३ वटा मोडेल नम्बर SM-G950U, SM-G950U1 र SM-950W तथा त्यसै गरी ग्यालेक्सी S8 प्लस का पनि ३ वोटा मोडेल नम्बर SM-G955U, SM-G955U1 र SM-G955W तोकिएका छन। यि स्मार्टफोनहरु मा ४ जीबी या ६ जीबी रैम तथा ६४ जीबी इनबिल्ट स्टोरेज, १२ मेगापिक्सल डुअल रियर क्यामरा र ८ मेगापिक्सेल सेल्फी क्यामरा हुनेछन। यि स्मार्टफोनका अन्य बिशेषताहरु क्वाड एचडी+ सुपर एमोलेड डिस्प्ले, एक स्नैपड्रैगन 835 प्रोसेसर (या एक्सीनॉस 8895 प्रोसेसर) हुनेछन।

सामसुङ ग्यालेक्सी S8 का अनुमानित बिशेषताहरु:

  • डिस्प्ले: ५.५ इन्च
  • ओएस: एन्ड्रोइड ७.०
  • रिसोलुसन: २१६० X ३८४० पिक्सेल
  • र्‍याम: ४ जिबी
  • स्टोरेज: १२८ जिबी
  • ब्याट्री: ३००० एमएएच
  • रियर क्यामरा: १६ मेगापिक्सेल
  • सेल्फी क्यामरा: ८ मेगापिक्सेल
  • अनुमानित मुल्य: ७९९ युरो

सामसुङ ग्यालेक्सी S8+ का अनुमानित बिशेषताहरु:

  • डिस्प्ले: ६.२ इन्च
  • ओएस: एन्ड्रोइड ७.०
  • रिसोलुसन: २१६० X ३८४० पिक्सेल
  • र्‍याम: ४ जिबी
  • स्टोरेज: १२८ जिबी
  • ब्याट्री: ३००० एमएएच
  • रियर क्यामरा: १६ मेगापिक्सेल
  • सेल्फी क्यामरा: ८ मेगापिक्सेल
  • अनुमानित मुल्य: ८९९ युरो

साम्सुङ ग्यालेक्सी S8 र S8 प्लस को वास्तविक मुल्य र बिशेषताहरु रिलिज पछी मात्रा पत्ता लाग्ने छ। अहिले सम्म सबैले अनुमान मात्र गर्न सकेका छन। साम्सुङ ले ग्यालेक्सी एस ८ र एस ८ प्लस अन्तरास्ट्रिय बजारमा मार्च २९ तारिख देखी बिक्री बितरण गरे पनि नेपाल मा भने थप केही समय लाग्ने छ। नेपाल मा ग्यालेक्सी एस ८ र एस ८ प्लस को मुल्य कती हुने अहिले नै भन्न नसकिने कुरा साम्सुङ स्मार्टफोन का आधीकारीक बितरक ले जनाएका छन। नेपालमा पनि साम्सुङ मोबाईल का प्रयोग कर्ताहरुले ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस को लामो समय देखिनै प्रतिक्षा गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया