संसारकै अदभुत १० घरहरु जो रुखमा बनेका छन्

मानिसहरु प्रकृति  प्रेमी हुन्छन, प्रकृतिबाट कोहि पनि अलग हुन सक्दैन। विश्वको ठूलो भु भाग ग्रामिण क्षेत्रमै पर्दछ, केही भाग मात्र सहरी क्षेत्रमा पर्दछ। ग्रामिण क्षेत्रमा हुर्केबढेका ब्यक्तिहरुलाई घर वरपर तथा  जंगलमा के कस्ता रुखहरु पाईन्छन, त्यो कुरा सहजै जानकारी हुन्छ। तर तपाई हामी सवैलाई यो प्रकृतिमा भएका सम्पूर्ण चीजविजको ज्ञान नहुन पनि सक्छ। हामीले हाम्रो जीवनमा धेरै रुख विरुवाहरु देखेका हौला तर आज हामी यस्ता रुखहरुको बारेमा चर्चा गर्नेछौ जुन रुखहरु  बास्तवमै अदभुत छन। मानीस हरु जंगली जीवनलाई सभ्यतामा बदल्दै धेरै विकसित त भै सके तर संसारमा अहिले मानिसहरुले भरखर मात्र पर्यावरणको महत्व बुझदै गएका कारण रुख घर पनि बनाएका छन।

१.  हेमलफ्ट ट्रिहाउसः

एक सफ्वेयर डेभलपर जोएल एलन जो २६ बर्षकै उमेरमा रिटाएर भएपछि उनको दिमाखमा एउटा आइडिया आयो र उनले त्यसलाई एउटा प्रोजेक्टको रुपमा घरको डिजाइन तयार गरे पछी त्यो डिजाइन अन्तराष्ट्रिय डिजाईन पत्रिकामा नै प्रकाशित भयो त्यस पछि यस्तो घरको डिजाइनको चर्चा बढ्दै गयो।

२.  एल्लो ट्रिहाउस रेष्टुरेन्टः

न्यूजील्याण्ड को ओकल्याण्ड सहरमा अवस्थीत एल्लो ट्रिहाउस रेष्टुरेन्ट रात्रीभोजका लागि अदभुत र विश्व प्रख्यात मानिन्छ। एकपटकमा करिव १८ जना पाहुनालाई यो रेष्टुरेन्टले भोजन गराउन सक्दछ। रुखमा बनेको यो रेष्टुरेन्टले पर्यटकहरुलाई समेत लोभ्याउदछ।

.  Eco Friendly Finca Bellavista ट्रिहाउस (Costa Rica):

यो रुख कोस्टारिका को पर्यावरण अनुकुल Eco Friendly Finca Bellavista ट्रिहाउस समुदायको एक हिस्सा हो। उक्त समुदायको कूल सम्पत्ती अहिले ६०० एकड जमीन भएको छ। यो सस्पेन्स व्रिज सवैतिर फैलिएको छ।

४. Teahouse Tetsu (Yamanashi, Japan):

जापानको एमानान्सी भन्ने स्थानमा अवस्थीत यो रेष्टुरेन्टलाई बास्तुकार टेरुन्नोबो फुजीमुरी ले अतिसुक्ष्म र अदभुत तरिकाबाट डिजाइन गरेका छन। यस्को इन्जिनियरिé पक्ष सरल र आधुनीक तरिका को छ। यसको बाहिरको भाग एक परि कथामा लेखिएको जस्तै छ।

५. La Casa Del Arbol

यो तस्विर हेर्दा नै अनुमान लगाउन सकिन्छ कि यो एउटा सानो घर हो जुन एउटा रुखको घाटीको मुख्खैमा बनेको छ। अझ रमाइलो कुरा यो छ कि आउदा दिनहरुमा यो घरमा पिéको पनि ब्यवस्था गरिनेछ। यो घरबाट देखिने दृश्य बास्तवमै अदभुत छ।

६.  Hapuku लाउन्ज तथा ट्रिहाउसः

यो ट्रिहाउस न्यूजिल्याण्डको दक्षिणी प्रायद्धिप मा अवस्थीत छ। देख्दैमा पनि सुन्दर लाग्ने यो घरले लाखौं पर्यटकलाई लोभाएको छ।

७.  तीन तले ट्रिहाउस (ब्रिटिस कोलम्बीया, क्यानडा)

क्यानडा स्थित ब्रिटिस कोम्वीया मा सवैभन्दा ठूला ट्रिहाउस पाइन्छन। एउटै रुखमा तिन तला सम्म बनाएका यस्ता ट्रिहाउस विशेषतः रिभेलस्टोक मा धेरै नै पाइन्छन।

८. मिरर ट्रिहाउस (स्विडेन)

मिरर ट्रिहाउस स्विडेन को उत्तरी क्षेत्रको ट्रि होटल परियोजनाको एक हिस्सा हो। यो घर जति देख्नलाई सुन्दर छ त्यतिनै डर लाग्दो र अदृश्य पनि छ।

.  सिएटल में ट्रिहाउस (यूएसए)

यदि रुखको घरलाई परीहरुको कथा नभनीएमा यो आफैमा पयाप्तछ। अमेरिका निर्मिंत यो रुख घरलाई सिएटल में ट्रिहाउस भनिन्छ।

१०.  Free Spirit Sphere Treehouse (Canada)

तस्वीर आफै बोल्छ भन्ने शब्दलाई यहाँ वर्णन गरि राख्नु नपर्ला। किनकी यो तस्विरको सुन्दरताको वयान विश्वले नै गरिसकेको छ। क्यानडामा अवस्थित यो ट्रिहाउसको चर्चा विश्वभरि नै छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया