स्वस्थ रहन १० संकल्प गनुहोस

नयाँ बर्षमा आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्ने मन्त्रहरु अपनाउनुहोस। नयाँ सालमा आफ्नो जीन्दगीलाई एक कदम अगाडी बढाउनका लागि कसरी स्वस्थ जीवन जिउन सकिन्छ, सिक्नुहोस। जो कोहि पनि चाहन्छ कि नयाँ बर्षमा रोग ब्याधी नलागोस तर बास्तवमा यस्तो हुन्छ त? यस्तो अवश्य पनि सम्भव छ तर तपाईले केहि प्रयास गर्नु पर्दछ। तपाई यस्तो एउटा दृढ संकल्प गर्नुहोस कि तपाई स्वस्थ रहनुहुन्छ। नयाँबर्ष को मौका छोपेर तपाइले आफ्नो स्वास्थ्य सम्बन्धी प्रतिबद्धता जाहेर गर्नुहोस कि तपाई साल भर नै स्वस्थ रहनु हुनेछ र तपाइका हरेक क्रियाकलापहरुले तपाईको स्वास्थ्यलाई कमजोर बनाउने छैनन। आउनुहोस आज हामी त्यस्ता उपायहरुको बारेमा कुरा गरौ जुन उपायहरु अपनाउदा पूरै सालभर हामी स्वस्थ रहनेछौ।

१. यदि तपाई सालभर नै स्वस्थ रहन चाहनु हुन्छ भने नयाँ बर्षको सुरु मै प्रतिबद्धता जाहेर गर्नुहोस कि तपाई सजिलै आफ्नो स्वास्थ्य लाई फिट राख्नुहुनेछ।

२. यदि तपाई धेरै नै ध्रुम्रपान गर्नुहुन्छ भने यो वर्ष  एउटा संकल्प गर्नुहोस कि तपाइ धुम्रपान गर्नु हुनेछैन। के तपाईलाई थाहा छ? कम उमेर मै बुढो बनाउन र क्यान्सर जस्तो खतरनाक रोगको सिकार बनाउनमा धुम्रपानको हात अधिक हुन्छ। यदि तपाईले धुम्रपान त्याग्ने संकल्प गर्नुभयो भने सुरुवातीमा तपाईलाई अप्ठयारो महशुस हुनेछ तर बिस्तारै तपाई आफुले आफनो स्वास्थ्य फिट र स्वस्थ भएको महशुस गर्नुहुनेछ। यदि तपाई एक दिनमा १० वटा सिगरेट पिउने गर्नु हुन्छ भने कोशिस गर्नुहोस कि ७ वटा फेरी ५ वटामा झार्नुहोस अनि विस्तारै विस्तारै पुरै छुटाउनुहोस।

३. तपाईलाई विमारी बनाउनमा अल्कोहलको पनि अहम भुमिका हुन्छ। कतिपय यस्ता पनि ब्यक्ति हुन्छन जो अल्कोहल लाई नशाको रुपमा लिने गर्दछन। कतिपय ब्यक्तिहरु विहानै देखि राती सम्म पनि अल्कोहलको नशा हुन्छन। तर तपाई यदि स्वस्थ रहन चाहनुहुन्छ भने तपाईले संकल्प गर्नुपर्ने हुन्छकी  अल्कोहललाई तपाईको जीवनबाट सदैव टाढा राख्नुहोस।

४. स्वस्थ रहनका लागि सवैभन्दा राम्रो तरिका भनेको नियमित व्यायम गर्नु। त्यसैले तपाई पनि नयाँ बर्षमा संकल्प गर्नुहोस कि तपाई हरेक दिन ब्यायम गर्नु हुनेछ। यदि तपाई नियमित व्यायम गर्नुहुन्छ भने बदलिदो मौसममा पनि तपाईको स्वास्थ्य फिट हुनेछ।

५. यदि तपाई अत्यधिक रुपमा जंकफुड खानेगर्नु हुन्छ भने नयाँ बर्षमा यो संकल्प गर्नुहोस कि यसलाई तपाई कम गर्नुहुनेछ। जंकफुट धेरै खादा तपाईलाई विभिन्न किसिमका रोग लाग्न सक्नेछन भने, तपाईको शरिर पनि फिट हुनेछैन।

६. स्वस्थ भोजन र स्वस्थ पानी पिउने संकल्प गर्नुहोस। हामीलाई धेरै जसो विमारीहरु अस्वस्थ भोजन र दुषित पानीका कारण लाग्ने गर्दछन। त्यसैले संन्तुलीत भोजन र सुद्ध पानी पिउने संकल्प गर्नुहोस र आफनो इम्यून सिस्टम बलीयो बनाउनुहोस।

७. पानी पिउनुका धेरै फाइदाहरु छन् त्यसैले तपाई नयाँ साल मा यो संकल्प गर्नुहोस कि तपाई हरेक दिन ३ देखि ४ लिटर सम्म पानी पिउनु हुनेछ। गर्मीको दिनहरुमा पयाप्त पानी पिउनुहोस। आफ्नो तौल अनुसार पानी पिउनुहोस। यदी तपाईले आवश्यकता अनुसार पानी पिउनु भयो भने तपाईका धेरै जसो विमारीहरु दुर हुनेछन।

८. विहान सवेरै उठने र रातीमा चाडै सुत्ने वानी बसाल्नुहोस। यदि यसो गर्नुभयो भर्ने दिनभर तपाई आफुलाई ताजा महशुस गर्नुहुनेछ र विमारी पनि लाग्नेछैन।

९. सधै सकारात्मक सोचको विकास गर्नुहोस अनि सकारात्मक काम नै गर्नुहोस। यसले तपाईलाई मनोबैज्ञानीक रुपमा स्वस्थ राख्नेछ। नयाँ नयाँ ठाउको भ्रमण गर्नुहोस।

१०. सधै मुस्कुराउने प्रयास गर्नुहोस अनि आफु पनि हाँस्नुहोस अरुलाई पनि हँसाउनुहोस । हाँस्नु पनि एक थेरापी हो, जो धेरै हाँस्छ, त्यो धेरै स्वस्थ पनि रहन्छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया