स्वस्थ हुनका लागि खुलेर हाँस्न सिक्नुहोस

के तपाईलाई याद छ पछिल्लो पटक तपाई कहिले हाँस्नु भएको थियो। यदै याद छैन भने फेरी एक पटक हाँस्नुहोस, मन भित्रका बोझहरु कति हल्का हुन्छन जान्नुहोस। हाँसो मजा गर्नु समय विताउने माध्यम मात्रै होइन, हाँस्नु स्वास्थ्यका लागि पनि लाभदायिक हुन्छ। आज हाँसोलाई पनि एक प्रकार को चिकिच्सा विज्ञान तथा व्यायमको रुपमा मान्ने गरिन्छ। यदि तपाईले कामका विचमा धेरथोक हाँस्नु भयो भने तपाइको दिनभर को तनाव केहि हद सम्म कम गर्न मद्दत गर्नेछ।

धेरै गम्भिर नबन्नुहोस्

कहिल्यै तपाइले सोच्नु भएको छ बच्चाहरु किन राम्रा देखिन्छन? किन कि उनिहरु दिनमा कमसे कम ४०० पटक हाँस्छन। तर वयस्कहरु मुश्किले १५ देखी २० पटक मात्र हाँस्छन। यहि कारण हो कि मानिसहरुको जति जति उमेर बढ्दै जान्छ उनिहरुमा रुखोपन पनि बढ्दै जान्छ। आजकालको दौडधुपमा कमै ब्यक्तिहरु मात्र उमेर बढ्दै गर्दा पनि आफ्नो हाँसोलाई कायम गरिरहन्छन। कोहि आफ्नो जीवन साथीलाई दोष दिन्छन त कोहि आफ्नो कामको बोझलाई, कोहि भने जीवनको कठिनाईलाई गम्भिर रुपमा लिन्छन। तर यसो गर्दैमा के हुन्छ? के गम्भिर र चुपचाप रहदैमा समस्याको समाधान हुन्छ त? बास्तविकता त यो हो कि कोहि पनि ब्यक्ति गम्भिर हुदैमा समस्याको समाधान हुदैन, यस्तो सोच्नु विलकुल गलत हो। मानिसहरुको पनि जीवनमा यसै पनि गम्भिर हुन्छ। यदि हाँस्न छोडिदिनेहो भने, अथवा चुपचाप भएर बस्ने हो भने समस्या अझ गम्भिर हुनसक्छ।

हाँस्नु व्यायम होः

आजको भागदौड वाला जीवनमा जब व्यक्तिहरु धेरै तनावमा जीवन विताईरहेका छन्। हाँसो आफैमा एउटा औषधी हो। भनिन्छ कि मानिसहरुलाई हुने कुनै न कुनै विमारी तनाव सँग जोडिको हुन्छ। यो एउटा यस्तो व्यायम हो जो तपाइलाई तनावमुक्त मात्र बनाउनदैन बरु धेरै प्रकारका समस्याहरुलाई मिनेट भित्रै समाधान गर्न सहायकसिद्ध हुन्छ। जब हामी हाँस्छौ तब हाम्रो हृदय, घाटी, फोक्सो, तथा श्वास नली को सम्पूर्ण व्यायम हुन्छ। यसले मानिसको रचनात्मक क्षमता लाई बढाउनुका साथै मानसिक, शारीरिक तथा भावनात्मक समस्याहरुलाई सुल्झाउदछ।
हाँसोले मानिसको काम गर्ने क्षमतालाई पनि बढाउदछ। बास्तवमा हाँसो यस्तो चीज हो जस्मा डुबेर हाम्रा सारा दुःख, सारा कठिनाई भुलिन्छन। कति पटक जब भविष्य अन्धकारमय भएको आभास हुन्छ, त्यसबेला हाँसोले नै हौसला प्रदान गर्दछ अनि अगाडीको बाटो तय गराईदिन्छ।

खुलेर हाँस्नुहोसः

हाँस्नु मजाक होइन। कोहि पनि व्यक्तिलाई रुवाउन सजिलो हुन्छ तर हँसाउन धेरै नै गाह्रो हुन्छ। हाँस्नु दिल र आत्माको लागि अमृत समान हुन्छ। हाँसोले मन भित्र रहेको धुलो मैलोलाई धोईदिन्छ अनि आत्मग्लानी, क्रोध, ईष्या तथा अहंमको भावना लाई हटाई दिन्छ। यस्को बदलामा मानिसलाई उदार बनाउदछ अनि सहयोगी बनाउदछ। हाँसे पछि मनमा स्वस्थ र सकारात्मक भावना आउदछ। आत्मविश्वास बढाएर नेतृत्व क्षमता को विकास गर्नुका साथै आकर्षक ब्यक्तित्व बनाउदछ।

यो त्यति नैे प्राकृतिक हुन्छ जती मानिसहरुको अन्य व्यवहार। त्यसैले यसलाई त्यति नै गम्भिर रुपमा लिनुहोस जति आफ्नो जीवनलाई गम्भिर रुपमा लिनु हुन्छ। सवैभन्दा ठूलो कुरा यो छ कि हाँस्नको लागि पैसा पर्दैन अनि यसको कुनै दुष्प्रभाव पनि केहि छैन। हाँसो ईश्वरको अनमोल उपहार हो, जुन निशुल्क अनि हानिरहित हुन्छ। यो कुनै स्कुलमा सिक्नु जरुरी छैन, हाँसो तपाईको भित्र छ। यो तपाइको अन्तरमनको कुरा हो यसलाई एक पटक नियालेर होर्नुहोस। तपाईको जीवन अत्यन्तै सुन्दर अनि शान्त हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया