लोकतन्त्र नेताहरुको को लागि कमाउतन्त्र बन्दैछ

लोकतन्त्रलाई संसारभरी नै सबैभन्दा उत्तम राजनैतीक ब्यबस्थाको रुपमा लिने गरिएको छ। लोकतन्त्रले जनतालाई गास, बास, कपास अनी शान्ती सुरक्षाको प्रत्याभुती गर्दछ। त्यसैले पनि जनताहरु लोकतन्त्रप्रती विश्वाश गर्दछन। नेपालमा पनि बिक्रम सम्बत २००७ साल देखी लोकतन्त्रका लागि धेरै आन्दोलनहरु भय तर यस बिच जनताले लोकतन्त्रको फल भने चाख्न नै पाएनन। लोकतन्त्रका लागि हजारौ जनताले बिभिन्न काल खन्डमा बलिदान दिय भने हजारौ जना घाइते भय तर वास्तविकतामा लोकतन्त्रको अनुभुती हुन सकेन। २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरे भने २०६१ मा ज्ञानेन्द्रले राजनैतीक कु गरे। राजा र राजनैतीक दलहरुबिच बढेको दुरिले देश करिब ३० बर्ष सम्म राजाको कब्जामा रह्यो। २००७ सालको को जनाअन्दोलनले १०४ बर्ष राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना त गर्‍यो तर आन्दोलनले प्रतिबद्दता गरेको अनुसार राजनैतीक दलहरुले संबिधान निर्माण प्रक्रिया संबिधान सभा बाट गर्न नसकेका कारण राजाहरुले शासन सत्ता हातमा लिदा जनताले प्रजातन्त्रको अनुभुती नै गर्न सकेनन।

२०४६ सालको जनाअन्दोलनले प्रजातन्त्र पुन:स्थापना त गर्‍यो तर राजनैतीक दलहरुले आफ्नै हातले संबिधान लेख्न सकेनन।  जसको परीणाम स्वरुप केही राजनैतीक शक्तिहरु संबिधान (२०४७) को बिरोधमा उत्रिदा २०५२ सालदेखी चलेको गृह युद्दमा परि करिब १७ हजार जना सहिद भए,  त्यतिकै मात्रामा घाइते भए। २०६२/०६३ को जन-आन्दोलन, मधेश आन्दोलन, जनजातिहरुको आन्दोलन, महिला आन्दोलन, अल्पसन्ख्यक आन्दोलन पछी गरिएका सम्झौताहरु कार्यन्व्यन हुन सकेनन ।

२०६२/०६३ को जन-आन्दोलन ले जनताका न्युनतम आधारभुत अधिकार हरुको प्रत्याभुती गर्न, महिला, जनजाती, मधेशी, अल्पशन्ख्यक आदिलाई राज्यका हरेक तह तप्कामा प्रबेश गर्न बिशेष अधिकार प्रदान गर्‍यो। संबिधान सभाले संबिधान त निर्माण गर्‍यो तर त्यसको पूर्णत: कार्यन्वयन हुन सकिरहेको छैन। जसका कारण अहिले लोकतन्त्र कम्जोर बन्दै गैरहेको छ। संबिधान सभाबाट प्राप्त उप्लब्धिहरुलाई राजनैतीक दलहरुले आत्मसाथ गर्न नसक्दा देशमा राजनैतीक अन्योलता कायम छ।

राजनैतीक दल का नेता देखी कार्यकर्ता हरु देश बिकास मा भन्दा पनि कसरी आर्थिक लाभ र पद मा पुग्न सकिन्छ भनी खिचातानी मा अलमलिरहेका छन। चुनाव जित्नका लागि साहुमहाजन् बाट लिएको सहयता चुनाव जितीसके पछी जसरी पनि पुरा गर्ने नेताहरु, जनतासँग गरिएका बाचाहरु पुरा गर्दैनन। कतिपय नेताहरु चुनाव जितिसकेपछी कार्यकाल भरी एक पटक पनि आफ्नो निर्वाचन क्षेत्रमा जादैनन।

नेपालमा राजनीति पैसा कमाउने माध्यम बन्दै:

नेपालमा रोजगारीको अबसर श्रीजना गर्ने कुनै उधोगधन्दा त छैनन तर राजिनिक कमाउधन्दा चाँही राम्रै सङ्ग फस्टाइरहेको छन। जुनसुकै ब्यक्ती र दल हरु आए पनि उनी हरुको पहिलो काम कसरी आफ्नो र पार्टीको अर्थतन्त्रलाई मज्बुद बनाउने भन्ने तिरमात्र ध्यान केन्द्रित हुन्छ। उनिहरु सबै देश र जनता कै बिकास को नारा जप्दै भर्‍याङ उक्लिन्छन तर माथि पुगी सके पछी केबल आफ्नो मात्रा दुनो सोझ्याउछन। देशमा शैक्षीक बेरोजगार को कमी छैन अनी, लाखौं लाख युबाहरु हरेक दिन रोजगारिका लागि शहर शहर बजार चहार्छन् तर निरास मात्रै बन्न्छन। रोज्गारी पनि कसरी श्रीजना होस्, अर्थतन्त्रको ठुलो हिस्सा रिमिटान्सबाट चलेको छ अनी रेमिटान्स को धेरै हिस्सा घरायसी कामकाज मा लागि खर्च हुन्छ। देशमा पुजिगत खर्च बढन सकेको भय पो रोज्गारी श्रीजना हुन्थ्यो। हरेक दिनको बन्द, हड्ताल, आन्दोलनले गर्दा अली अली जुर्मुराउदै गरेको अर्थतन्त्र पनि सुक्ने खतरामा छ। जब सम्म देशमा राजनैतीक स्थिरता कायम हुनसक्दैन तब सम्म यो देशमा कर्मचारी र नेताहरुले देशलाई राम्रै सँग दोहन गर्ने मौका पाउने छन।

सत्ता र शक्ती को भरमा यो देशमा हरेक नियम कानुन र नितिहरु परिवर्तन गर्न सकिन्छ। राजनैतीक दलहरु र नेताहरु केबल आफ्नै स्वार्थका लागि मात्र ताली पिट्छन। नेता र कर्मचारी को सेवा सुबिधा का लागि मात्रै ताली पिट्ने नेताहरु जनताका सामान्य भन्दा सामान्य समस्याहरुप्रती चासो दिदैनन। लोकतन्त्रको माला जपेर नेताको पगडी लगाउनेहरु सत्तामा पुगीसके पछी लोकतन्त्रको मुल्य र मान्यतालाई चटक्कै बिर्सन्छन। यदी अब कसैले पनि पैसा कमाउनु छ भने सक्छौ लोकसेवा पास गर सक्दैनौ राजनीति गर सजिलै पैसा कमाउने लाइसेन्स पाईन्छ। अब नेपालमा सरल र सहज रुपमा पैसा कमाउने हो भने राजनैतीक पाटिको लाइसेन्स लग्नु अनिबार्य भैसक्यो।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया