इन्टरनेटका बारेमा १० रोमान्चीत तथ्यहरु

१. दुनिया मा यस्ता ७ ब्यक्तिहरु छन जसको नियन्त्रणमा पुरै दुनियाको इन्टरनेट सिस्टम छ। भविष्यमा यदि इन्टरनेट मा कुनै आपद विपद आए पुरै दुनियाको इन्टरनेट सिस्टम उनीहरुको कब्जामा हुनेछ। त्यस्ता अवस्थामा यदि उनिहरुले चाहेमा इन्टरनेट भित्र रहेका सम्पूर्ण सूचनाहरुलाई आफ्नो अनुकुल प्रयोग गर्नसक्ने खतरा हुन्छ। यी व्यक्तिहरुले इन्टरनेटको सिस्टम रिबुट पनि गर्न सक्नेछन।

२. आजकल हामी इन्टरनेको लागि गूगल, मोजीला फायरफक्स, ओपेरा जस्ता ब्राउजर हरुको प्रयोग गर्दछौ, तर सन् १९८३ मा इन्टरनेटको प्रयोगको लागि मोजेक वेब ब्राउजरको प्रयोग गर्ने गरिन्थ्यो। यो ब्राउजर सन् १९९७ मा बन्द भयो।

३. इन्टरनेटले पाँच बर्षको अवधीमा ५ करोड उपभोक्ता बनाएको थियो तर टेलीभिजका ग्राहक हरु भने ५ करोड पुग्न १३ बर्ष लागेको थियो।

४. दुनियाको जम्मा जनसंख्या ७ अर्ब ३० करोड मध्य ४७ प्रतिशत अर्थात ३.५ अर्ब ले इन्टरनेको प्रयोग गर्दछन।

५. इन्टरनेटमा प्रत्येक उपभोक्ता औशत ५१ मिनेटको सर्फिङ शेसन हुन्छ। सर्फिङ शेसन भनेको इन्टरनेटमा केहि न केही खोज्ने कार्य गरिनु हो।

६.जापानको कूल जनसंख्याको ९४ प्रतिशतले इन्टरनेटको प्रयोग गर्दछन। जापान सवै भन्दा धेरै इन्टरनेटको प्रयोग गर्ने देश हो भने पपुवा न्यूगिनी हो जहाँ जम्मा ७ प्रतिशत जनसंख्याको पहुचँमा इन्टरनेट पुगेको छ।

७. दुनियामा यस्तो कुनै पनि देश छैन जहाँ इन्टरनेट प्रयोग नभएको होस तर संसारका केहि देशहरुमा इन्टरनेटको प्रयोगमा प्रतिबन्ध लगाईएका छन। उत्तर कोरियाले आफ्ना देशका नागरिक लाई इन्टरनेट को प्रयोग बाट बन्चीत गरेको छ भने चीन जस्तो विश्वको ठूलो देशले पनि कतिपय वेब साइटहरु संचालनमा प्रतिबन्ध लगाएकोछ।

८. जुन ब्यक्ति फेसवुक र ट्विटर को प्रयोग गर्दछन् उनिहरु आफ्नो जीवनको पूरै समय मध्य १० भागको एक भाग समय इन्टरनेटमा विताउदछन।

९. एशिया महादेशका सम्पूण देशहरुको कूल जनसंख्याको ४२ प्रतिशतले मात्र इन्टरनेटको प्रयोग गर्दछन जव कि पूरै विश्वको जनसंख्याको ४७ प्रतिशतले इन्टरनेट प्रयोग गर्दछन।

१०. दुनीयामा १९ प्रतिशत विहे इन्टरनेटको माध्यमबाट हुने गरेको छ। त्यसैले इन्टरनेट विहे गराउने माध्यमको रुपमा पनि सफल सिद्धभएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया