दुनियाकै सबैभन्दा महंगा ५ किताब

किताव सवैले पढछन् तर किताबको महत्व सिर्फ त्यो ब्यक्तिले  मात्र जान्दछ, जसले हजारौ किताब लेख्दछ अनि पढ्दछ। हामी मध्ये थोरै ब्यक्ति मात्रै त्यस्ता हुन्छौ जो किताब रिलिज हुनु अघि देखि नै खरिद गर्नका लागि आतुर हुन्छौ। तपाईहरुलाई यो कुरा जानेर अचम्म लाग्न सक्छ दुनियामा केहि किताबहरु यस्ता छन जसको मूल्य सुनेर तपाई यकिन गर्न सक्नुहुनेछैन कि साच्चै नै ती किताबहरुको मूल्य त्यति पर्छ त।

आज हामी तपाईलाई दुनियाका ५ यस्ता किताबहरुको बारेमा जानकारी दिनेछौ, जसको मूल्य सुनेर तपाई हैरान हुनुहुनेछ र तपाईलाइ विश्वासै नलाग्न सक्छ।

१. कोडेक्स लिसेस्टर

यस किताबका लेखक लियोनार्डो द विंसी हुन। यसको मूल्य ३०.८ मिलियन डलर अर्थात करिव ३ अर्ब नेपाली रुपैया पर्दछ। द कोडेक्स लिसेस्टर बुक प्रसिद्ध बैज्ञानिक लियोनार्डो दा विंसी द्धारा हस्तलिखित पांडुलिमि हो, यो किताबमा कूल ७२ पेज छन। थाँमस कुक ले द कोडेक्स लिसेस्टर को पहिलो पांडुलिपि १७१७ मा खरिद गरेका थिए। पछि लिसेस्टर स्टेटले यसलाई सन् १९८० मा अर्माड हैमर बाट खरिद गरेका थिए। उनको साथमा यो किताब १४ बर्ष सम्म रह्यो। तर अहिले यो किताब विश्वकै धनी ब्यक्ति बिल गेट्स सँग छ। बिल गेट्सले यस किताबलाई ३०.८ मिलियन डलरमा खरिद गरेर यसलाई वल्र्ड रेकर्ड नै बनाए।

२. गाँस्पेल अफ हेनरी लायन, आर्डर अफ सेंट बेनेडिक्ट

द गाँस्पेल अफ हेनरी द लायन बुक, इसाई धर्म संग सम्बन्धीत छ। यस किताबमा कूल मिलाएर २६६ पेज छन। यो किताब १२ औ शताब्दीको रोमन सभ्यता संग छ। जर्मन सरकारले यो धार्मिक किताबलाई सन् १९८३ मा ११.७ मिलयन डलर अथार्त एक अर्ब बाह्र करोड रुपैयामा खरिद गरेको थियो।

३. बड्र्स अफ अमेरिकाः

यो किताब अमेरीका का पंक्षि प्रकृतिबादी तथा चित्रकार जाँन जेम्स आँडबाँन द्धारा लिखित हो । यो किताबले अमेरिका को पंक्षिहरुको बारेमा एक बृस्तीत विबिधता दर्शाउदछ। यो किताबको एक कपि को लिलाम सन् २००० मा ८.८ मिलीयन डलर अर्थात ८८ करोड रुपैयामा भएको थियो। यस किताबको दोस्रो सस्करणको लिलाम लण्डनमा सन् २०१० मा ११.५ मिलियन अर्थात १ अर्ब १५ करोड रुपैयामा भएको थियो।

४. कैटरबरी टेल्स

कैटरबरी टेल्स, बेलायतका महशुर तथा प्रशिद्ध कवि ज्योफ्रे चासर द्धारा लिखित अन्तिम तथा सर्बोकृष्ट रचना हो। यो किताबको पहिलो संस्करण को लिलाम सन १९९८ मा लण्डनमा भएको थियो। यो किताबको मूल्य ७.५ मिलियन डलर अर्थात ७५ करोड रुपैयामा विक्रि भएको थियो।

५. फस्र्ट पोलियोः

अंग्रेजी साहित्यका महान नाटककार, कवि तथा अभिनेता सेक्सपियर द्धारा लिखित फस्र्ट पोलियो प्राय सवै भाषामा अनुवादित छ। यो किताब को लिलाम न्युयोर्क को क्रिस्टी स्थानमा भएको थियो। यस किताबलाई माइक्रो सफ्टका सह संस्थापक पाँल एलेन ले ६ मिलियन डलर मा खरिद गरेका थिए।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया