हामी नेपालीहरु पिछडीनुका ६ कारणहरु

मेरो मन मा सधैं एउटा प्रश्न उब्जिरहन्छ कि किन हामी नेपालीहरु यती धेरै पिछडिएका छौ त? यस्तो प्रश्न धेरै नेपालीको मन मा उब्जिन्छ होला । तर पनि हामी वाध्य छौ कि प्रश्न को उत्तर भित्रको कथा अर्कै मोडमा छ। हामी यो प्रश्न को उत्तर सुन्दा हैरान हुन्छौ । हामी आँफैले आँफैलाई धिक्कार छौ अनी भन्छौ यो देशलाई सतिले सरापेको ले यस्तो भएको हो । आखिर हो पनि जस्तो लाग्छ, होइन पनि जस्तो लाग्छ। यसो ईतिहासका पानाहरु पल्टाउने हो भने पनि हाम्रो इतिहास हजारौ बर्ष पुरानो छ । यती सम्म कि अमेरिका को ईतिहास भन्दा हाम्रो देशमा मनाइने मछेन्द्रनाथको रथ यात्रा धेरै पुरानो छ । हामी विश्वकै सबै भन्दा पुरानो धर्म र सँस्क्रिती अङालेको देशका नागरिक अनी विश्वको सबैभन्दा अग्लो र सबैभन्दा होचो स्थान भएको देशका नागरिक। हामी सँग आखिर के छैन? तर पनि हामी किन पछाडि?

मनमा करोडौ ज्वार भाटा हरुको तरङ्ले झड्का दिन्छ अनी मन बेचैन बन्दै जान्छ। हरेक दिन करिब पन्ध्र सय भन्दा बढी युवाहरु बिदेसियको देख्दा त यस्तो लाग्छ कि सारा मानब सागर नै उर्लेर बिदेश तिर हानिएको छ, जस्तो कि नेपालमा ठुलै प्रलय हुँदै छ। तर पनि यस्तो कृतिम बाध्यताले गर्दा

मरुभुमिमा युवाहरु पशिना बगाइरहेका छन। एउटा नेपाली  गीत छ नि, मर्ने कसैलाई रहर हुँदैन, नमरेको प्रहर हुँदैन, त्यस्तै हबिगत भएको छ नेपालीको अहिले। बिदेशिनु कसैलाई रहर हुँदैन, बिदेश नगएको कुनै प्रहर हुँदैन”

हाम्रो देशले महाभारत युद्द र राम राज्य देखी बुद्धको शान्ती ध्वनी सम्मको यात्रा गरी सकेको अनी एतिहासिक धरोहर बोकेको छ तर पनि हामीले आफुले आफुलाई कहिले पनि महत्व दिन सकिरहेका छैन? वास्तवमा बिकास हुन त सबै भन्दा पहिले आफु सँग के छ भनेर खोतल्न सक्नु पर्दो रहेछ। जब सम्म हामीले हाम्रो देश को ईतिहास, धार्मिक र सास्कृतिक धरोहरलाई गहिरो गरी मुल्यान्कन गर्न सक्दैनौ तब सम्म बिकास ले गती लिन सक्दैन । सबैभन्दा पहिले त हाम्रा कमी कम्जोरीहरुलाई पहिल्याउन जरुरी छ। जसरी एउटा चिकित्सकले कुनै पनि नयाँ  रोग को उपचार को जरो पत्ता लगाउन का लागि बर्षौ सम्म अनुसन्धान गर्दछ; त्यसरीनै गरी नेपालको बिकास को गती सहि ढंगले बढन नसक्नुका कारण हरु पत्ता लगाउनु जरुरी छ अनी सोही अनुरुप कार्य योजना र निती निर्माण गर्नु पर्दछ। हामी पिछडिनुका केही प्रमुख कारण हरु:

१. शिक्षा:

हुन त हाम्रो समाजमा शिक्षा को इतिहास संसारमै पुरानो मानिन्छ। आदी अनादी काल देखी नै मानिस हरु ले गुरुकुलमा शिक्षा लिने गर्दथे। तर त्यस्तो शिक्षा सिमित ब्यक्ती र राजा महाराजा अनी केही ब्राह्मण हरुले मात्र प्राप्त गर्दथे। शिक्षा सर्ब-शुलभ हुन सकेन, मध्यकालिन र आधुनिक युगको सुरुवात सम्म पनी शिक्षाको को पहुच सर्बसाधारण हरुमा पुग्न सकेन। त्यती बेलाका सम्रान्तहरु के सोच्दथे भने यदी जनता शिक्षित भए भने उनीहरु बाठा हुन्छन अनी आफ्नो शासन गर्ने दिन पनि सकिन्छ, त्यसैले जनतालाई अन्धकार मै राख्नु पर्छ। यस्तै किसिम को गलत सोचले जरा गाड्दै गएका कारण पनि नेपाल मा शिक्षाको बिकासले गती लिन सके को थिएन।

यूरोप र अमेरिका को बिकासको लहर वास्तवमा शिक्षाको बिकासका कारण भएको थियो। अनी वास्तव मै अमेरिकन र यूरोपियनहरु शिक्षित भएकै कारण सारा विश्व भर राज गर्न सफल भएका थिए। तपाईं एक पटक आँफै सोच्नुहोस् त, अशिक्षित मानिसका अगाडि यो संसार कती अध्यारो होला । वास्तवमा यो संसारमा अध्यारो छाउन, रात पर्नु पर्दैन अनी ग्रहन लाग्नु पर्दैन, केबल अशिक्षा नै काफी छ । जब समाजनै अशिक्षित छ भने त्यहा अबश्य पनि अध्यारो हुन्छ नै ।

अन्तत शिक्षित समाजबाट नै देशको सर्बोपरी हित र बिकासको गती अबश्य पनि अघी बढदछ। अहिले पनि हाम्रो समाजमा शिक्षाको महत्वलाई सहि ढंग बाट बुझे गरिएको छैन। शिक्षाले केबल जागिर मात्रा दिन्छ भन्ने मानसिकता बाट नेपाली हरु गुज्रिरहेका छन । त्यसैमा पनि छोरी लाई शिक्षाबाट बन्चित गर्ने परिवार धेरैनै छ । वास्तवमा त्यस्ता परिवारलाई यो थाहा छैन कि आधा आकाश ढाकेका शिक्षित महिला बिना सभ्य समाज को परीकल्पना सम्म पनि गर्न सकिदैन। महिला शिक्षित भए मात्र परिवार मा शिक्षाको महत्व बढनसक्छ अनी एउटा शिक्षित परिवार को निर्माण हुन्छ। समय सुहाउदो गुणस्तरिय शिक्षा नै आज को आवश्यकता हो ।

आज बैज्ञानीक र गुणस्तरीय शिक्षा सहज रुपमा सर्बसाधारण समक्ष नपुगेकै कारण नेपालका लाखौं युवाहरु बिदेशमा सस्तो र तल्लो स्तरको काम गरिरहेका छन अनी स्वदेशमा पनि योग्य जनशक्ती को अभाब हुने गरेको छ। यसै कारण पनि नेपालीले हाशिल गरेको शिक्षालाई पनि सहि ढंगले सदुपयोग गर्न सकिरहेका छैनन।

२. राजनीति

राजनीतिलाई सबै नितिको माउ निती भन्ने गरिन्छ। त्यसैले पनि जबसम्म राजनीति सहि ढंगबाट चल्न सक्दैन तब सम्म अन्य नितिहरुले काम गर्न सक्दैनन। जनताका अधिकार हरुलाई सुनिश्चित गर्न, जनतालाई राजनैतीक, सामाजिक र आर्थिक अधिकार दिलाउन राजनैतीक शक्ती को महत्वपूर्ण भूमिका रहन्छ। अस्थिर राजनीतिले सिङ्गो राष्ट्र लाई नै बन्धक बनाउछ अनी अराजकता हाबी हुन्छ। देशको समग्र बिकास राजनैतीक दलहरुको इक्षा शक्तीले मात्र काम गर्न सक्छ। यदि राजनैतीक दलहरुनै स्वार्थको आहालमा डुबे भने उनिहरुबाट जनताले धेरै ठुलो अपेक्षा गर्न सक्दैनन।

नेपालमा राजनीतिक शक्तिको उदय भएको करिब आठ दशक पुग्न लाग्यो तर यती अबधिमा नेपालको राजनीतिले धेरै आरोह अबरोह पार गरिसक्यो। सयौ राजनीतिक दल हरुको उदय भयो तर एउटै राजनितिक दल ले पनि आफ्नो बिचार  मा अडिग बन्न सकेनन। केबल पैसा, सत्ता र शक्तिको खेलमा डुब्दै गएका राजनैतीक दलहरुले जनताले बगाएको रगत को अबमुल्यन मात्र गरे ।

नेपालमा प्रजातन्त्र आएको करिब सात दशक नै भैसक्यो तर पनि जनताले आफ्नो अधिकार प्राप्त गर्न का लागि पटक पटक रगत को खोला नै बगाउनु पर्‍यो । जती जना राजा भए पनि नेता भए पनि उनिहरुले जनताको बलिदान लाई बिर्सदै गए अनी २०४६,  १० बर्ष लामो जन युद्द, २०६२/६३ को आन्दोलन, मधेश आन्दोलन, जनजातिहरुको आन्दोलन सबै बिर्सदै गएकै कारण देशमा पटक पटक नयाँ आन्दोलन को जन्म हुँदै गैरहेको छ । यस्ले देशलाई सधैं अस्थिरता तिर मात्र धकेली रहेको छ।

वास्तवमा नेपाल पिछडिनुको मुख्य कारण नै राजनैतीक अस्थिरता हो। समय समयमा हुने राजनैतीक उथल पुथलका उपलब्धिहरु संस्थागत हुन नसक्दा नै बिकासले गती लिन सकेन। २००७ साल को आन्दोलन ले सृजित प्रजातन्त्र र त्यसका मुलभुत उपलब्धिहरुलाई सोही समयमै संस्थागत गर्न सकेको भए २०१७ साल, २०४६ साल, दश बर्ष लामो जन युद्द, २०६२/६३ को जनाअन्दोलन, मधेश आन्दोलन, जनजाती आन्दोलन को कुनै आवश्यकता नै थिएन। अहिले राखिएका माग हरु २००७ सालकै जनआन्दोलन ले बोलेको थियो तर राजनैतीक दलहरुले त्यस्लाई सदुपयोग गर्न नसकेका कारण परिणाम गम्भिर बन्दै गयो। त्यती बेला जनताहरु बल्ल राणाहरुको चंगुलबाट मुक्त भएका थिए तर राजनैतीक दल्हरुको बेमानी र राजाहरुको शाशक बन्ने लहठ का कारण जनताले कहिलै पनि सुख को श्वास फेर्न पाएनन। त्यसैले पनि मान्छेको मुल्य भाग्यमा मात्र निर्भर हुँदै गयो र हरेक कुरालाई भाग्यको तराजुमा जोख्न थालियो। यो कस्तो बिडम्बना, किन यो देशमा बिशाल हृदय भएको नेताको जन्म हुँदैन? किन नेपाली नेता हरु बिदेशिको चङ्गुलमा फस्दै छन अनी जनतालाई महङ्गि को खाडल तिर धकेल्दै छन।

३. परम्परागत कार्यशैली र सोच:

हामी नेपाली हरु पछी पर्नुको अर्को कारण भनेको हाम्रो काम गर्ने शैली धेरै हद सम्म परम्परागत हुनेगरेको छ भने अर्को तिर सोच पनि परम्परागत नै छ। जतिनै शिक्षित भए पनि आफ्नो आत्मबिश्वास लाई चिन्न सकिरहेका हुँदैनन। हरेक कुरालाई चपाउने अनी कुराका लागि कुरा गर्ने प्रवृत्ति हाबी भएको छ। यसले समाजलाई गलत बाटो तिर मात्र डोराउदछ। त्यसैले पनि हामीले हाम्रो सोचलाई फराकिलो बनाउनु पर्छ अनी कार्य गर्ने शैली लाई पनि आधुनिक बनाउनु जरुरी छ। हाम्रो समाजमा केही बर्ग धेरैनै परम्पराबादी छन भने केही बर्ग धेरै नै आधुनिक बन्न खोज्छन। धेरैनै परम्पराबादी बन्नु र धेरैनै आधुनिक बन्नु सभ्य समाज निर्माण का लागि राम्रो मानिदैन।

सरकारी निकाय देखी एउटा परिवार मा गरिने कार्य हरु परम्परागत ढंगबाट चली आएका छन। यस्ले समय र खर्च दुवै बढाउदछ भने अर्को तिर कार्यसम्पादनमा पनि ढिला सुस्ती हुने गर्दछ। समय सापेक्ष रुपमा सोच र कार्य शैलीमा पनि परिवर्तन ल्याउनु जरुरी छ।

४.  धार्मिक अन्धबिश्वास

हामी कती सम्म अन्धबिश्वास गर्छौ भने पानी परेन भने पनि भगवान कै कारण हो, गाई गोरु लडेर मर्यो भने पनि भगवानले नै त्यसो गरेका हुन अनी कुनै मानिस रोग लागेर मर्यो भने पनि कहाँको भूतप्रेत लागेर मरेको हो आदी-इत्यादी। अन्धबिश्वास पनि मानव समाजको बिकासका लागि कलङ्क नै हो। यस्तै अन्धबिश्वासमा गाजियको हाम्रो समाजमा बिरालोले बाटो काड्दा होस् या एउटा महिलाले छोरी जन्माउदा होस् यि सबै कुरालाई अशुभ को सन्केत को रुपमा लिने गरिन्छ। वास्तवमा यि सब कुरा हरु को जड नै अशिक्षा, पछौटेपन, धार्मिक अन्धबिश्वास र सामाजिक कुरितिका उपज हुन। समाजलाई सभ्य र सबल बनाउनका लागि यस्ता अन्धबिश्वास बाट हरेक मानिस मुक्त हुनु पर्दछ। हो हामीले हाम्रो परम्परा र संस्क्रितीलाई जोगाइ राख्नु पर्छ तर गलत परम्परा र सन्कृतिलाई पाली राख्दा शरीर मा रोग बड्दै गय जस्तै समाजमा पनि यो रोग युगौ युग सम्म बड्दै जान्छ अनी पुर्स्तान्तर सर्दै जान्छ। यस्ता कुरिती बाट हामी आफु पनि बचौ र समाजलाई पनि बचाउ।

५. असफल नेत्रित्व

एउटा राष्ट्रको बिकासको लागि एउटा सफल नेताको जरुरत पर्दछ तर बिडम्बना हामी नेपालीले यस्ता सम्झन लायक कुनै पनि नेता अहिले सम्म पनि पाउन सकेका छैनौ । आज संसारका हरेक बिकसित देश हरु केबल साधन स्रोत बाट मात्र बिकसित भएका होइनन, सफल नेत्रित्वले नै ति देशहरु अगाडि बढेका हुन। हामी एक पटक चाइना को बिकासको गतिलाई नियालेर हेरौ न: सन १९८० अघिको चाइना र सन १९८० पछीको चाइना लाई के कुराले फरक पार्‍योत, ४० बर्ष पहिलेको दक्षिण कोरिया र अहिले को दक्षिण कोरिया लाई के फरक छ, अनी त्यसै गरी थैल्यान्ड, मलेसिया, साउथ अफ्रिका जस्ता देशको बिकासको गती कसरी अघी बढ्यो। मलाई त अचम्म पो लाग्छ, हाम्रा नेताहरुले किन यो दुनियाँको बिकासको गतिलाई बुझ्न नसकेका। किन आफ्नो बिबेकलाई प्रयोग गर्न नसकेका अनी किन बिदेशिको नक्कल तिर लागेका। आफ्नो माटो सुहाउदो बिकास नै अती उत्तम र दिर्घकालिन हुन्छ। अरुको देशको बिकासको मोडेल बाट केही सिक्दै आफ्नो देशको बिकासमा मौलिकता ल्याउनु पर्दछ।

किन हो खै हाम्रा नेताहरुमा फराकिलो सोच हुन नसकेको अनी आफ्नो बिचार लाई जिबन्त दिन नसकेका। एउटा सफल नेताको आफ्नै सिदान्त हुन्छ जो सदै त्यही सिदान्त मा अडिग भएर, ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र समाजका लागि लडिरहन्छ। यहाँ त के देखिन्छ भने आफु भलो त जगतै भलो अर्थात आफु ठुलो ठाउमा पुगेर पैसा कुम्लाउन पाये पछी अरु सबै खोलामा बगेर गएपनी कुनै पर्बाह छैन। यस्ता सोच भएका नेत्रित्वबर्गबाट  हामी कसरी देशको बिकासको कल्पना गर्न सक्छौ ?

६. परनिरभर्ता

हामी कती सम्म पर निर्भर छौ भने देशमा चुनाव गर्न पनि बिदेशिको सहयोग चाहिने, दिशा पिसाब गर्ने चर्पी बनाउन पनि बिदेशिले नै सहयोग गर्नु पर्ने अनी साबुन पानीले हात धुन का लागि जनचेतना शिक्षा दिन पनि बिदेशिलाई नै हार गुहार गर्नु पर्ने। अझ लाज मर्दो कुरो त नेपालले अहिले सम्म पनि आफनो बिदेश निती बनाएकै छैन, यो पनि बिदेशिको सहयोग ले नै बन्छ होला। हो हाम्रो जस्तो अबिकसित देशको बिकासका लागि बिदेशी सहयोग अनिबार्य नै छ। हुने ले नहुनेलाई दियको सहयोग लाई अन्यथा लिनु हुँदैन। तर सहयोग लिने पनि कुनै सिमा त हुन्छन होलानी? अनाबश्यक सहयोग ले राष्ट्र र नागरिक दुवै परनिर्भर बन्न सक्छन। हाम्रो सहयोगी समाज अहिले कुन बाटोमा हिडि रहेको छ: हेर्नुस् अहिले गाउमा कुनै भेला गर्नु पर्‍यो भने मान्छेहरु के भन्छन, कती पैसा मिल्छ, के के खाने कुरा मिल्छ, आफुलाई के फाईदा हुन्छ? यो सबै त नेपालको बिकासका लागि भनेर खोलियका हजारौ गैसस ले सिकाएको शिक्षा नै त हो। हामी यसरी परनिर्भर बन्नु भनेको हामी आफुलाई नै ठग्नु हो। सहि कार्यका लागि मात्र बिदेशी सहयोग लिनु जरुरी छ। स्पस्ट बिदेशी सहयोग निती बन्नु पर्छ अनी पररास्ट्र निती पनि बन्नु पर्छ।

हाम्रा नेता हरु पटक पटक बिदेशिको चङ्गुलमा फस्ने गरेका छन, अनी उनिहरु स्वबिबेक प्रयोग गर्न सक्दैनन। अन्तत: उनिहरु भारत, चाइना, अमेरिका अथवा  यूरोपियन राष्ट्रको शरणमा पुग्छन। यि सबै कार्य हरु पर्निर्भरताको पराकास्टा सिवाय अरु केही पनि होइन। यि राष्ट्रको सल्लाह सुझाब अबश्य पनि जरुरत छ तर हरेक सानातिना अनी झिना मसिना कुराको लागि पनि बिदेशी निर्णय पर्खिनु परे किन स्वदेशी नेताको जरुरत पर्‍यो त ?

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया