यतिमात्रै होइन अझै के-के हुन्छ हेर्दै जाऊ
आगो बिस्तार बल्दै छ ज्वाला दन्किन्छ हेर्दै जाऊ
जङ्गल सखाप भइसक्यो बस्ती उजाड बन्दैछ
चारैतिर धुवाँको मुस्लो उडेको हेर्दै जाऊ
भाँडोमा भक्भकी तेल उम्लिरहेको छ
पोल्दै दुनियाँलाई सखाप पार्छ हेर्दै जाऊ
जे जस्तो चलिरहेछ वर्षौंको चाल यै हो
मत्स्यन्यायभन्दा राम्रो अर्को हुन्न हेर्दै जाऊ
सत्यले जित्नुपर्छ असत्य हार्नुपर्दछ
नत्र अव चाँडै प्रलय हुन्छ- हेर्दै जाऊ ।
कमलाकुञ्ज दियाले-३, ओखलढुङ्गा